जुम्ला : नेपाल रेडक्रस सोसाइटी जुम्लाले स्थानीय युवा युवतीलाई विपद् प्रतिकार्यका लागि समुदायिक पहल तालिम दिएको छ । चन्दननाथ नगरपालिकाका २४ जनालाई विपद् प्रतिकार्य सम्बन्धी ४ दिने तालिम दिइएको हो । विपद प्रतिकार्यसम्बन्धी पूर्वतयारी र प्रतिकार्यका विषयमा स्थानीय स्तरको टिम तयार पार्न समुदायका युवालाई ४ दिने सम्पूर्ण शिक्षा दिने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जुम्लाले विपद् प्रतिकार्य तालिम शुरु गरेको छ ।
विपद् प्रतिकार्य लागि समुदायिक पहल तालिमले पहिलो विपद उद्धार टिम तायार हुने तालिमका प्रशिक्षक खगेन्द्र राज जोसीले बताए । पछिल्लो समयम बेमौसमी वर्षाका कारण बाढी पहिरो जस्ता विपद् भइरेका छन । यसबाट हुने क्षति कम गर्नका लागि विपद् प्रतिकार्य सम्बन्धी तालिम दिन थालिएको हो ।
त्यस्तै चन्दननाथका नगर उपप्रमुख रामदेवी खड्काले विपद आउदा अपनाउनुपर्ने सावधानिहरुका बारेमा राम्रोसँग सिक्न जरुरी रहेको बताइन् । उनले २४ जना सहभागीलाई यो तालिमबाट सिकेका कुरा सबै ब्यवहारमा लागू गर्न अनुरोध गरिन् ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी जुम्लाका कार्यबहाक सभापति जगदिश चौलागाईंले रेडक्रसले सीप सिकाउने भन्दै लागू गर्ने काम तपाईंको हो भने । यो तालिमका सिकेका सीपको सदुपयोग गर्न पनि उनले अनुरोध गरे । त्यस्तै रेडक्रसका जिल्ला परियोजना अधिकृत ईश्वरा सुवेदीले लैंगिक समानतालाई मध्यनजर गर्दै महिलालाई पनि सहभागीता गराइएको बताइन् ।
त्यस्तै चन्दननाथ नगरपालिका १ का वडाध्यक्ष तिलक न्यौपालेले नेपाल सरकारले तयार पारेको विपद् उद्धारकर्ता सुरक्षा निकाय रहेको भन्दै सबै भन्दा पहिले समुदायस्तरकै नागरिक पुग्दा छिटो छरितो उद्धार हुने बताए । उनका अनुसार जोखिम न्यूनीकरण गर्न विपद् प्रतिकार्यमा प्रत्यक्ष संलग्न रहने सरोकारवालाको सहभागितामा शुक्रबारदेखि चार दिने तालिम शुरु भएको हो । नगर प्रहरी,नगर स्वयम्सेवक, नगरको विपद शाखा, प्रहरी विपद प्रतिकार्यमा प्रत्यक्ष खटिने रेडक्रसकर्मी लगायत २४ जनाको सहभागिता रहेको छ ।