२०८१ मंसिर २ गते आइतवार / Nov 17 , 2024 , Sunday
२०८१ मंसिर २ गते आइतवार

बालविवाह मुक्त गर्न जुट्दै सिंजा

ADV
दिलमाया शाही
२०८१ मंसिर १ गते २१:४५
बालविवाह मुक्त गर्न जुट्दै सिंजा

जुम्ला : जुम्लाको सिंजा गाउँपालिका बालविवाह मुक्त अभियानमा जुट्न थालेको छ । पालिकाका ३ वटा वडा बालविवाह मुक्त गरिएको छ । सिंजा गाउँपालिका –२  वडाको आयोजना, गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको समन्वय तथा प्लान नेपालको सहयोगमा पेस नेपाल जुम्लाको साझेदारीमा शनिबार  दुई वडा बालविवाह मुक्त वडा घोषणा गरिएको हो । 

वडा नं. २ का वडाध्यक्ष तिर्थ वडका अनुसार बाल विवाह मुक्त घोषणासँगै शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भइ बाहिर नरहेको बताए । उनले भने, अशिक्षा, गरिबी, परम्परागत चलन, चेतनाको अभावका कारण पनि बालविवाह हुने गर्छ । अहिले उमेर नपुग्दै युवायुवतीहरूले भागेर विवाह गर्ने चलन रहेको छ ।’ सानै उमेरमा विवाह गर्दा शिक्षा, स्वास्थ्य, सुरक्षा सम्बन्धी अधिकारहरूबाट पनि यसले वञ्चित हुने गरेको पाइन्छ ।  

त्यस्तै सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले नेपालको संविधान र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको हकमा बाल विवाहलाई निषेध गरी सकेको र यसको उन्मुलनको लागि  स्थानीय सरकारले अभियान पनि शुरु गरेको बताए । उनले बालविवाह समाजका लागि हानिकारक भएको बताए । उनले भने,‘पहिले भन्दा हाल अवस्था निकै सुधारिएको छ । उनका अनुसार वडा हुँदै पालिका घोषणा गर्ने बताए । बालविवाहा मुक्त गरेका वडाहरुमा बालविवाह हुन नदिने तयारी गरिएको छ । यसको लागी बालक्लवहरुलाई सक्रिय बनाइएको छ ।’ बालविवाहका  मुक्त घोषणा गर्नका लागि तोकिएका सबै पुरा गरेपछि यो वडालाई मुक्त घोषणा गरिएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise