२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सशक्त बालिका परियोजनाको सामाजिक परीक्षण सम्पन्न

ADV
सन्तोष पौडेल
२०८१ असार ५ गते १२:२१
सशक्त बालिका परियोजनाको सामाजिक परीक्षण सम्पन्न

बर्दिया : राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाद्वारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाको सामाजिक परीक्षण गरिएको छ । गुलरियास्थित एक होटलमा आ.व. २०८०/०८१ (सन् २०२३/०२४) को सामाजिक परीक्षण गरिएको हो ।

कार्यक्रममा संस्थाद्वारा सञ्चालित सशक्त बालिका परियोजनाको प्रगति तथा उपलब्धि परियोजना संयोजक मनोज पौडेलले प्रस्तुत गरेका थिए ।

परियोजनाका कार्यक्षेत्र रहेका पालिकाहरुः राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकाको स्थलगत रुपमा सरोकारवालाहरुसँगको छलफल तथा अन्तरक्रिया र अवलोकन भ्रमणपश्चात प्राप्त जानकारीसहितको प्रतिवेदन तयार गरी कार्यक्रममा परामर्शकर्ता कृष्णप्रसाद पाण्डेले विस्तृतरुपमा प्रस्तुतीकरण गरेका थिए । परामर्शकर्ता पाण्डेले परियोजनाको कार्यक्षेत्रमा राम्रो प्रभाव परेको र आगामी दिनमा परियोजनाले आफना कार्यक्रमहरुलाई थप प्रभावकारीरुपमा लिएर जानुपर्ने भन्दै आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आफ्ना विभिन्न परियोजनामार्फत कार्यक्रम गर्दे जिल्लाको शैक्षिक स्तर, सामाजिक जनचेतना अभिवृद्धि गरेर समुदायमा आफ्नो प्रभावकारी उपस्थिति देखाएको जिल्ला गैरसरकारी महासंघका अध्यक्ष प्रिज्मा सिंह थारुले बताइन् । उनले संस्थाले परियोजनामार्फत विपन्न समुदायको सेवाका लागि अमूल्य योगदान दिएको बताइन् ।

बर्दिया जिल्ला अदालत बारका अध्यक्ष कमल पाण्डेले संस्थाले आफ्ना परियोजनामार्फत विभिन्न कार्यक्रमहरु प्रभावकारीरुपमा गरिरहेको बताउँदै आगामी दिनका कार्यक्रमहरुमा लैङ्गिक हिंसाविरुद्ध, बलात्कार न्यूनीकरण, कानूनी सचेतीकरणलगायतका विषयहरुलाई समेट्न आग्रह गरे । 

संस्थाले अर्थिक अनियमिता, सबै प्रकारका लैङ्गिक तथा यौनिक हिंसाका विषयहरुलाई शून्य सहनशीलताको नीति लिएको तथा आमजनसमुदायको हितमा हुने विषयहरु तथा मुद्दाहरुको बारेमा बहस पैरबी निरन्तररुपमा गरिरहेको संस्थाका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले जानकारी दिए । उनले संस्थाले आगामी दिनमा पनि यस्ता विषयमा पहलकदमी लिने बताए । आमजनसमुदायको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने बताउँदै अध्यक्ष श्रेष्ठले यसका लागि संस्था र आफ्नो तर्फबाट सदैव समन्वय तथा सहकार्य रहने बताए ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका विमल गैरे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यादव आचार्य, सचिव सन्तोष पौडेल, गुलरिया नगरपालिका महिला बालबालिका शाखा प्रमुख, जिल्ला गैरसरकारी महासंघकी अध्यक्ष प्रिज्मा सिंह थारु, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, समाजसेवी, जिल्लामा अवस्थित विभिन्न कार्यालयका प्रतिनिधि, संस्थाका कार्यसमिति सदस्य, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष यज्ञराज मजगैयाले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise