२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

विश्व चर्पी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

ADV
सन्तोष पौडेल
२०८१ मंसिर ४ गते २१:०३
विश्व चर्पी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

बर्दिया : विश्व चर्पी दिवसको अवसरमा गेरुवा गाउँपालिकामा 'चर्पीको उचित प्रयोग गरौं, अरू प्रयोगकर्ताका लागी चर्पी सफा राखौँ' विषयक अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

वाटरएड नेपालको आर्थिक सहयोग, व्याकवार्ड सोसाइटी एजुकेशन (बेस), राष्ट्रिय अपांगता महासंघ नेपाल, नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोग र गेरुवा गाउँपालिकाको समन्वयमा पशुपति माध्यमिक विद्यालय पशुपतिनगरमा प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा वाटरएड नेपालका परियोजना व्यवस्थापक उमाशंकर यादवले नेपालको संविधान २०७२ को धारा ३५ को ४ मा सबै नागरिकलाई स्वछ खानेपानी तथा सरसफाइको हक हुने छ भनि मौलिक हककै रुपमा उल्लेख गरेकाले सबैको सरसफाइमा पहुँच हुनुपर्ने बताउँदै शौचालयमा अपागंता भएका व्यक्तिहरुको समेत पहुँच हुनुपर्ने बताए । उनले चर्पीले रोगबाट बचाउनुका साथै इज्जत र सम्मान बढाउने उल्लेख गरे । 

सबै नागरिकले चर्पी प्रयोग गरी सरसफाइ स्वयंले गरी स्वच्छता प्रवर्द्धन गर्नुपर्ने बताउँदै यादवले स्थानीय सरकारले पनि प्रयोगमैत्री शौचालय प्रवर्द्धन गरी पूर्ण सरसफाइ नीति बनाइ अगाडि बढ्न आग्रह गरे ।

प्रतियोगितामा बेसद्वारा सञ्चालित वाश गेन्स परियोजनाले समेटेका ६ वटा विद्यालयका आधारभूत तहका ९ जना छात्र छात्रा सहभागी भएका थिए ।

‎प्रतियोगितामा पशुपति माध्यमिक विद्यालयका छात्रा रमा परियार प्रथम तथा सरस्वती आधारभूत विद्यालय विन्द्राका छात्र निमेश सिंह र जानकी माध्यमिक विद्यालय जनकनगरका छात्रा भुमिका थारू क्रमश: द्वितीय र तृतीय भएका छन् । प्रतियोगितामा जनता परिक्षिद नरसिंह अधारभूत विद्यालयका छात्र निखिल आचार्यले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयका छात्र छात्राहरु तथा शिक्षक प्रतिनिधिहरुलाई गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धर्मप्रकाश थारु, वाटरएड नेपालका परियोजना ब्यवस्थापक उमाशंकर यादवले संयुक्तरुपमा सरसफाइका सामाग्रीहरु प्रदान गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise