२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

निःशुल्क शिविरमा ५ सय २५ जनाले लिए सेवा

ADV
पवन जायसवाल
२०८१ मंसिर ८ गते २१:२६
निःशुल्क शिविरमा ५ सय २५ जनाले लिए सेवा

बाँके : बाँकेको नेपालगन्जमा रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा श्री १००८ हडिया बाबा आश्रममा आयोजना गरिएको निःशुल्क आँखा तथा कानको शिविरमा ५ सय २५ जनाले सेवा लिएका छन् । नेपालगन्ज उप–महानगरपालिका वडा नं.४ मा रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेसनद्वारा हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको श्री १००८ हडिया बाबा आश्रममा निःशुल्क आँखा तथा कानको परीक्षणका गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज फुल्टेक्राको संयुक्त सहकार्यमा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको थियो । गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेसनद्वारा आयोजना गरिएका निःशुल्क आँखा तथा कानको शिविरमा ५ सय २५ जनामध्ये आँखातर्फ ३ सय ८० जनाको जाँच गरिएको छ । जसमध्ये १९ जनालाई फत्तेबाल आँखा अस्पतालमा रिफर गरिएको छ । यस्तै १ सय ४५ जनाको कान चेकजाँच गरिएको थियो । जसमध्ये १० जनालाई ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जमा रिफर गरिएको फाउण्डेसनका कोषाध्यक्ष विजय कोरीले बताए । 

शिविरमा आँखातर्फ फत्तेबाल आँखा अस्पतालका छन्छुलाल चौधरी, निशा गौतम, उमेर अहमद सादिक लगायतले सहयोग गरेका थिए भने कानतर्फ   ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जका भिसन चौधरी, दामोदर चौधरी लगायतले प्राविधिक सहयोग गरेका थिए । यसैगरी फाउण्डेसनका अध्यक्ष मधु शाह, सचिव सुखराम ठाकुर, शिवम् गुप्ता, पाश्कल बिष्ट, शिवम् शाह लगायतको सक्रिय सहभागिता रहेको थियो । श्री १००८ हडिया बाबा मेलामा देश विदेशको विभिन्न ठाउँबाट आएका साधु सन्त, भक्तजन तथा सर्वसाधारणहरूलाई मन्दिर परिसरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा तथा कानको शिविर आयोजना गरिएको हो ।

समाजसेवी तथा गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेसनका संस्थापक प्रदीप शाहले फाउण्डेशनले स्वास्थ्य तथा अन्य क्षेत्रमा पनि निःशुल्क नागरिकहरूलाई सेवा प्रदान गर्ने गरेको बताए । शिविरमा कान तथा आँखाका करिब ५ सय २५ जनाको आँखा तथा कानको चेकजाँच गरिएको थियो । तीमध्ये केहीलाई चश्मा र औैषधी निःशुल्क वितरण गरिएको फाउण्डेशनका संस्थापक प्रदीप शाहले बताए । फाउण्डेशनले विभिन्न समयमा गरिब, असहाय तथा स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखि निःशुल्क शिविर आयोजना गर्दै आएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise