२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

नयाँ पत्रिका दैनिक र दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी

Nada
२०८३ कार्तिक १३ गते १८:२४
Shares
नयाँ पत्रिका दैनिक र दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी

काठमाडौं : नयाँ पत्रिका दैनिक र दियो पोस्टको कार्यालयमा पनि प्रहरी पुगेको छ ।

अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै ५ जना प्रहरी सादा पोशाकमा नयाँ पत्रिका र दियो पोस्टको कार्यालयमा पुगेका हुन् ।

नयाँ पत्रिकामा पत्रकार नवराज मैनालीलाई खोज्दै सादा पोशाकका प्रहरी पुगेका हुन् ।

दियो पोस्टका सम्पादक सुदीप विश्वकर्मालाई खोज्दै प्रहरी दियो पोस्टको कार्यालयमा पनि पुगेको हो ।

यसअघि आजै नेपाल प्रेसमा कार्यरत विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर