२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

स्टिलजन्य सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायी मर्कामा परेका छन् : अध्यक्ष भुसाल

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ १८ गते २१:५२
स्टिलजन्य सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायी मर्कामा परेका छन् : अध्यक्ष भुसाल

अर्घाखाँची : निर्माण व्यवसायीहरुको अरबौं भुक्तानी नहुँदा मुलुकको समग्र निर्माण उद्योग नै धरासायी भइरहेका बेला निर्माण उद्योगमा प्रयोग हुने स्टिलजन्य सामग्रीहरूको  मूल्यवृद्धि भएको प्रति  नेपाल निर्माण व्यवसायी अर्घाखाँचीले आपत्ति जनाएको छ ।

संघका संघका जिल्ला अध्यक्ष युवा व्यवसायी वसन्त भुसालले विज्ञप्ति जारी गर्दै स्टिलजन्य सामग्रीको उत्पादनसँग सम्बन्धित डलर इन्धन लगायतका कुनैपनि वस्तुमा मूल्यवृद्धि नहुँदा लोडसेडिङलाई कारण देखाइ मूल्यवृद्धि गरिनु अनुचित भएको उल्लेख गरेका हुन् । 

निर्माण कार्य तीव्र गतिमा हुने अहिलेको सिजनमा खुल्ला अर्थतन्त्रको नीति विपरीत स्टिल उद्योगीहरुले कार्टेलिङ गरी प्रति केजीमा रु. १५ देखि २० सम्म अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि गरेको पाइएको विज्ञप्तिमा भुसालले उल्लेख गरेका छन् ।

केही समय अघिसम्म प्रति केजी रु. ८० मा पाइने स्टिलको मूल्य २०८१ जेठ पहिलो साता आइपुग्दा रु. १०० पुग्दा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको भुसाल  हस्ताक्षर गरेको  विज्ञप्तिमा उल्लेख छ । विगतमा पनि स्टिलजन्य सामग्रीको माग बढ्ने समयमा कार्टेलिङ गरी पटक–पटक भएको यस किसिमको मूल्यवृद्धिको कारण अन्ततः पूर्वाधार खर्च बढ्न गइ नेपाल सरकारका सार्वजनिक निकायहरुलाई नै आर्थिक भार परेको निर्माण व्यवसायी संघले स्मरण गराएको छ । 

हाल स्टिलजन्य सामग्रीमा कालोबजारीमार्फत् भएको मुल्यवृद्धि नियन्त्रण गरी निर्माण व्यवसायी लगायत आम उपभोक्तालाई राहत दिन अर्घाखाँची संघले जोडदार माग गर्दै कालोबजारी गर्नेमाथि कानून बमोजिम आवश्यक कारवाही गर्न समेत सम्बन्धित निकाय समक्ष माग गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise