
काठमाडौं : एनआइसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाजुरास्थित श्री जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग गरेको छ ।
बाजुराको हिमाली गाउँपालिका–७, बाँधुस्थित उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठन सहज बनाउने तथा गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यले बैंकले विद्यालय पोसाक उपलब्ध गराएको हो ।
बैंकको बाजुरा शाखाका शाखा प्रमुख रामबहादुर बुढाले विद्यालयका प्रधानाध्यापक मोहनजंग शाहीलाई विद्यार्थीका लागि उपलब्ध गराइएको पोसाक हस्तान्तरण गरेका थिए । दुर्गम क्षेत्रमा अवस्थित उक्त विद्यालयमा १२७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
आर्थिक तथा भौगोलिक कठिनाइका कारण शैक्षिक गतिविधिमा पर्न सक्ने असहजतालाई कम गर्न बैंकले गरेको सहयोगले विद्यार्थीलाई पठनपाठनमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।
बैंकले उपलब्ध गराएको विद्यालय पोसाकले विद्यार्थीको शैक्षिक वातावरण सुधार गर्न र गुणस्तरीय शिक्षा प्राप्तिका लागि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ । एनआइसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले गरेको यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीको शैक्षिक यात्रामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।