२०८१ असोज २५ गते शुक्रवार / Oct 11 , 2024 , Friday
२०८१ असोज २५ गते शुक्रवार

कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

ADV
क्षितिज किरण
२०८१ असार ५ गते २१:५७
कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

कपिलवस्तु : प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्ताबेज तयार गरी पेस गरेको छ ।

नेपाल सरकारको आर्थिक वर्ष ०७९/०८० तथा ०८०/८१ को नीति तथा कार्यक्रममा तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने उल्लेख गरिएअनुसार मनोनयन दस्ताबेज तयार गरी पेस गरिएको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए ।

फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले गत वर्ष माघमा मनोनयन दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक केन्द्र (युनेस्को)को विश्वसम्पदा शाखाका प्रतिनिधिलाई बुझाएका हुन् । फ्रान्सका लागि नेपाली राजदूतलाई युनेस्कोका निमित्त स्थायी प्रतिनिधिका रूपमा काम गर्ने जिम्मेवारी दिइएको हुन्छ ।

प्राचीन कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न बुझाइएको उक्त मनोनयन दस्ताबेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली आगामी अगस्टमा नेपाल आउने कोषले जनाएको छ । स्थलगत अध्ययन गरेपछि आगामी सेप्टेम्बर तथा नोभेम्बरसम्ममा प्राचीन कपिलवस्तु विश्वसम्पदा सूचीमा सूचीकृत भएको घोषणा हुने विश्वास गरिएको सदस्यसचिव शाक्यले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise