२०८१ मंसिर ११ गते मङ्गलवार / Nov 26 , 2024 , Tuesday
२०८१ मंसिर ११ गते मङ्गलवार

शान्ति सुरक्षा चुस्त बनाउन निर्देशन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर ११ गते १७:२१
शान्ति सुरक्षा चुस्त बनाउन निर्देशन

अर्घाखाँची : लुम्बिनी  प्रदेशका  प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) कुबेर कडायतले कानुनको अधिनमा रही विवेकसम्मत तरिकाले कार्यसम्पादन गर्न मातहतका प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका छन् । 

जिल्लाहरूमा शान्ति सुरक्षाको अवस्था, नेपाल प्रहरीको  परिचालन, प्रहरी जनशक्तिको व्यवस्थापन र आगामी दिनमा आइपर्ने सुरक्षा चुनौतीको पहिचान गरी शान्ति सुरक्षाको अवस्था बुझ्न जिल्ला निरीक्षणको क्रममा रोल्पा, रुकुम, गुल्मी हुँदै अर्घाखाँची आइ पुगेका डिआइजी कडायतले प्रहरी र जनताबीच को सम्बध नङ र मासुको सम्बन्ध नभई आत्मिय सम्बन्ध हुनुपर्ने बताएका हुन । डीआईजी कडायतले प्रहरी कार्य कुशलतापूर्व व्यवसायिकतालाई सुदृद्ध बनाई प्रहरी–कर्मचारी, प्रहरी–जनता तथा प्रहरी–जनप्रतिनिधिबीच समन्वय आवश्यक रहेको बताए ।

कडायतले भने, ‘लक्षित वर्ग पहिचान गरी घरेलु हिंसा, लागूऔषध न्यूनीकरण, साइबर अपराध, सडक सुरक्षा जस्ता विषयमा नागरिकहरूको सकारात्मक सहयोग प्रहरीलाई आबश्यक छ ।’ 

उनले प्रहरी प्रमुखह र प्रमुख जिल्ला अधिकारीहरू पटकपटक परिवर्तन हुँदा प्रहरीको कार्यसम्पादन मा समेत असर पर्ने गरेको उल्लेख गरे । 

‘समाजको शान्ति सुरक्षामा प्रहरीको उपस्थिति देखिने गरी ग्रामीण र सहरी गस्तीलाई बढाउन पनि मातहतका निकायलाई उनले निर्देशन दिए ।

प्रमाणमूखी अपराध अनुसन्धान र अभिलेख व्यवस्थापनमा  जस्ता महत्त्वपूर्ण कुराहरूमा नचुक्न पनि उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए । जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको निरिक्षण पछि सन्धिखर्क नगरपालिकाले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै उनले मातहतका प्रहरी कर्मचारीको गुनासोलाई लिखित रूपमा लिने र सम्बोधन गर्ने बताए ।

साथै प्रहरी संगठनमा हुने अनुचित दबाब नियन्त्रण गर्न पनि उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले भने ‘जनप्रतिनिधि र प्रहरीबीचको समन्वयले मात्र समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने भएकोले प्रहरीलाई सहयोग गर्न र जनप्रतिनिधिसँग प्रहरीले हातेमालो गरेर काम गरेमा जनता सुरक्षित हुन्छन् ।’

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले नेपाल प्रहरीले जिल्लामा साधन श्रोतको अभावमा पनि उत्कृष्ट सुरक्षा व्यबस्था मिलाउन सफल भएकोमा प्रशंसा गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise