२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

सातै प्रदेशमा मेडिकल पढाइ हुने गरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल

ADV
मध्यान्ह
२०८१ मंसिर १३ गते १२:४३
सातै प्रदेशमा मेडिकल पढाइ हुने गरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुने गरी काम अगाडि बढाउने बताएका छन् ।

बिहीबार 'नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४' समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति तथा उपकरणलगायत सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

उनले भने, ‘कोशी अस्पतालमा धेरै बिरामी भए भने बिपी कोइराला अस्पताल धरानमा पुर्‍याउने व्यवस्था आपसी समझदारी र समयमै हुनुपर्छ । यस्तो किसिमको प्रणाली विकास गर्नका निम्ति म अनुरोध गर्न चाहन्छु । हामीले अरु स्वास्थ्य संस्था गेटा मेडिकल कलेज बनाउने गरी सातै प्रदेशमा मेडिकल पढाइ हुने गरी काम अगाडि बढाउन खोजिरहेका छौं ।’

साथै उनले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्न र सीमित स्रोत साधनभित्र प्रभावकारिता बढाउन समेत आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई व्यावसायिकरुपमा नहेरी सेवा प्रदान गर्ने दृष्टिकोणबाट काम गर्नसमेत अनुरोध गरे । 
 

ADVADV

सम्बन्धित खबर

Advertise