२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

शितगंगा नगरपालिकाका खोला खोल्सीमा पुगेर अनुगमन गरिँदै

Nada
सूर्यप्रसाद भुसाल
२०८१ मंसिर १४ गते २०:५७
Shares
शितगंगा नगरपालिकाका खोला खोल्सीमा पुगेर अनुगमन गरिँदै

अर्घाखाँची : जिल्ला समन्वय प्रमुखको नेतृत्वमा रहेको  अर्घाखाँची जिल्ला अनुगमन समितिले शितगंगा नगरपालिकामा  सञ्चालनमा रहेका विभिन्न योजनाहरू टेण्डर लगाउन बाँकी रहेका सबै खोलाहरुको स्थलगत अनुगमन गरेको छ ।

ncell

जल उत्पन्न प्रकोप नियन्त्रण तथा मनसुनको समयमा ती खोला खोल्सीबाट हुने क्षति न्यूनीकरण गर्नै खोलामा टेण्डर लगाउन बाँकी रहेका खोलाहरुबाट आन्तरिक आम्दानी वृद्धि गर्ने चोरी, निकासी बन्द गर्ने उद्देश्यले शितगंगा नगरपालिका   अन्तर्गत सञ्चालित आयोजनाहरु खोलाहरुको अनुगमन गरिएको शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलले जानकारी दिए ।

शितगंगाका ठूला तथा साना नदी नियन्त्रण कार्यका साइटहरु, गुड्रुङखोला, बहबेल गन्धैला खोला, सुकबेल खोला, चोरखोला, सुरही गनेरी खोला रङसिङ खोला राप्ती नदी,  सिलिङ खोला, कोन्द्रेखोला भंगाला खोला, मुसियान खोला, बाणगंगा खोला, खोरमोर खोला, गंगा खोला, शितखोला, झिमरुक खोलामा हुने चोरी निकासी नियन्त्रण गरी जिल्लास्तरिय अनुगमन समितिले अनुगमन गरेपछि चुरेसँग स्वीकृति लिइ खोलाहरुको टेन्डर लगाउन र नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्न खोलाहरुको स्थलगत अनुगमन गरिएको शितगंगा नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले बताए । 

नेपालकै ठूलो नगरपालिका शितगंगा नगरपालिकाभित्र निर्माण सम्पन्न भएका तथा निर्माण  कार्य भइरहेका यस आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने योजनाहरु गुणस्तरीय भए÷नभएको  अनुगमन गर्न नगरपालिकाका उपप्रमुख  गिता भाट,  प्रमुख प्रशासकीय अधिकृत मदन जिसी, योजना अधिकृत नुमलाल खनाल, नगरपालिकाका प्राविधिक इन्जिनियर योजना राजश्व प्रमुखलाई लिएर फिल्डमा नाप नक्सा गर्न पुग्ने कामलाई निरन्तर पुग्ने गरेपनि खोलाहरुको अनुगमन जिल्लास्तरीय समितिले गरेको नगरपालिकाका उपप्रमुख गिता भाटले बताइन् ।

उपप्रमुख भाट संयोजक रहेको अनुगमन समितिले योजना अनुगमनलाई तीव्रता दिएका बेला जिल्ला समन्वय प्रमुखसहित कर्मचारीको टिम पनि जनप्रतिनिधिसँग योजना अनुगमन गर्दै नगरपालिकाको लागत स्टमेट अनुसार काम भए/नभएको, गुणस्तरीय काम भए/नभएको बारेमा जानकारी लिनका लागि स्थलगत रुपमा अनुगमन गर्ने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत मदन जिसीले  मध्यान्हलाई जानकारी दिए । 

नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले भने  ‘अहिले हामीले खोला मात्रै होइन योजनाहरुको अनुगमन गरिरहेका छौं । अनुगमनका क्रममा कमसल काम गरेको देखिएमा कारबाही प्रक्रिया अगाडि बढाउँछौं । भुक्तानी दिने त कुरै छैन राज्यको सम्पत्ति सहि ठाउँमा सदुपयोग होस्, काम गुणस्तरीय होस् भन्ने उद्देश्यले नगरपालिकाले योजना खोल्सा खोला ढुंगा गिट्टी बालुवाको अनुगमनसँगै स्थानीयस्तरमा हुने विकास निर्माणका कामहरु गुणस्तरहीन नहुने गरेको  गुनासो बढेका बेला नगरपालिकाले योजना अनुगमनलाई तीव्रता दिएको  नगरपालिकाका योजना अधिकृत नुमलाल  खनालको दाबी छ ।

बिहीबार, शुक्रबार मात्रै शितगंगा नगरपालिका वडा नम्बर ८, वडा नम्बर ११, वडा नम्बर १२, वडा नम्बर ७, वडा नम्बर ९ का विभिन्न १ दर्जन खोलाहरु नदीहरु, विभिन्न  योजनाहरु, प्राविधिकसहित पुगेको  जिल्लास्तरीय अनुगमन समितिले अनुगमन गरेको प्रमुख जीवनारायण कोइरालाले बताए ।

सम्बन्धित खबर