२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

अर्घाखाँचीमा विद्युत वितरण प्रणाली सुधार हुँदै

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर १६ गते १७:४०
अर्घाखाँचीमा विद्युत वितरण प्रणाली सुधार हुँदै

अर्घाखाँची : नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले जिल्ला भर  विद्युत आपूर्ति सहज ढंगले अगाडि बढेको जनाएको छ ।

केन्द्रले विद्युतीय वितरण प्रणालीलाई सुरक्षित बनाउँदै  विद्युतीय घटनालाई शून्यमा झारेर जिल्लाभर वितरण भइरहेको पनि जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण शाखाका प्रमुख त्रिलोचन भट्टराईले पहाडि जिल्ला भएका कारण विद्युत आपूर्तीमा असहज हुने भएकाले आपूर्ती व्यवस्थामा सुधार गरिएको बताए ।

भट्टराईका अनुसार अहिले सेवाग्राही मैत्री विद्युत कार्यालयका रूपमा परिचित हुने गरी सेवाग्राहीको जनगुनासो तत्काल सम्बोधन गर्ने र कार्यालयमा सेवा लिन आउने ग्राहकको समस्या हेरी १० मिनेट भित्रै काम सम्पन्न गर्न निर्देशन दिएको बताए ।

जिल्लामा हालसम्म  शतप्रतिशत  विद्युतीयकरण सम्पन्न  भइसकेको छ । केही ठाउँमा पहिला काम गरेको र सामान्य मर्मत बाँकी रहेकाले ती ठाउँमा समेत यसै आर्थिक वर्ष भित्र सेवा उपलब्ध हुने कार्यालय प्रमुख भट्टराईले बताए ।

चालु आर्थिक वर्ष २०८१/२०८२मा जिल्ला भर ४८९ ग्राहक थप भएपछि अर्घाखाँची वितरण केन्द्रको मातहतमा   ३८ हजार २ सय ३३ ग्राहक संख्या पुगेको छ ।

अर्घाखाँचीमा कूल ग्राहक संख्या ३६ हजार ८ सय २५   अर्थाते ९६ प्रतिशत छन् भने बाँकी औद्योगिक, व्यापारिक क्षेत्रका ग्राहक छन् ।

वितरण केन्द्रले गत वर्ष  भोल्टेज सुधार कार्यक्रम अन्तरगत ११ वटा नयाँ ट्रान्सर्फमर जडान गरी (कूल जडित क्षमता ७०० केभीए) जडान कार्य सम्पन्न भएको छ । जसमध्ये एउटा २०० केभीए ट्रान्सर्फमर जडान गरिएकोेले यस वर्ष जिल्लामा विद्युत लाइनमा कुनै समस्य नआउने गरी सुधार गरिएको भट्टराईको दावी छ ।

जिल्लामा अहिले विद्युतीय सवारीको चापसमेत बढदै गएको छ । विद्युतीय गाडी  चार्जिङ स्टेसन जडानका लागि  प्राधिकरणले व्यवसायीहरूलाई सहज सुविधा दिने उद्देश्यले  सहजीकरण गरिरहेको छ । 

विद्युत सुधार अभियान अन्तर्गत २ वटा ५० केभीएको ट्रान्सर्फमरलाई १०० केभीएमा अपग्रेड गरेपछि ग्राहकलाई थप सुविधा भएको प्राधिकरणको भनाइ छ ।

शीतगंगा  नगरपालिका– ९ तिनखण्डे, सिद्दाराको सिलिंगखोला क्षेत्रमा ८ किमि एलटी लाईन विस्तारको काम सम्पन्न भएकाले अब बत्ती बाल्ने तयारी अनुसार काम भइरहेको प्रमुख भट्टराईले जानकारी दिए । यो काम सकिएपछि अर्घाखाँची शतप्रतिशत विद्युत आपूर्ति भएको जिल्लाको सूचीमा पर्नेछ ।

विद्युतीय स्रक्षालाई प्राथमिकता दिदै जिल्ला भरिका विभिन्न स्थानहरूमा रहेका जोखिमपूर्ण वितरण ट्रान्सर्फमरहरूमा घेरावार गर्ने काम सम्पन्न गरेको छ । जस अन्तर्गत मालारानी गाउपालिकामा २४, शितगंगा नगरपालिकामा २०, पाणिनी गाउपालिकामा ३, सन्धिखर्क नगरपालिकामा ३ र छत्रदेव गाउपालिकामा ६ गरि ५६ वितरण ट्रान्सर्फमरहरूमा घेरावार कार्य सम्पन्न भएको हो ।

विद्युत वितरण प्रणालीलाई सुरक्षित तथा जोखिममुक्त बनाउने क्रममा जिल्लाका विभिन्न बजार क्षेत्र र घना बस्ती भएका क्षेत्रहरूमा नांगो तारहरूलाई विस्थापित गरि कालोतार जडान गर्ने काम तीव्र गतिमा अगाडि बढेको छ  । अहिले धेरै काठका पोल फेरि नयाँ पोल जडान भएका  छन् भने कतिपय ठाउँमा जुवाड गरी विद्युत संचालन गरिएका पोलहरू समेत फेर्ने काम सम्पन्न हुन लागेका प्रमुख भट्टराईले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise