२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन अहिलेको आवश्यकता : मन्त्री पुन

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ असार ६ गते १७:४५
स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन अहिलेको आवश्यकता : मन्त्री पुन

रोल्पा : लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले खोप अभियान राष्ट्रिय अभियान भएको बताएका छन् । लिबाङमा आयोजना गरिएको रोल्पा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले सो कुरा बताएका हुन् ।

उनले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्म नेपाललाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य लिएकाले आफूहरु अभियानको रूपमा अगाडि बढेको बताए । मन्त्री पुनले भने, "आज हामीले आर्थिक वर्ष २०८०/०८१ को लुम्बिनी प्रदेशकै पहिलो जिल्लाको रूपमा रोल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएका छौं," उनले  भने ।

नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा जति लगानी गरेको छ त्यसअनुरुप आम नागरिकले महसुस गर्नुपर्ने भएपनि त्यो हुन नसकेको उनले बताए । अहिले स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव भएको बताउँदै मन्त्री पुनले स्वास्थ्य क्षेत्र राम्रो बनाउन दक्ष जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताए  ।

मन्त्री पुनले पछिल्लो समय अस्वस्थकर खानपिनका कारण नसर्ने रोगहरु वृद्धि हुँदै गएकोसमेत बताए । साथै उनले प्रदेशबाट रोल्पा जिल्लामा अबको केही दिनमै स्वास्थ्य क्षेत्रका जनशक्ति पठाइने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise