अर्घाखाँची : नेपालको सबैभन्दा ठूलो नगरपालिका शितगंगा नगरपालिकामा स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि कम बजेट ठूलो भूगोल स्थानीय स्रोेतको पर्याप्त आम्दानी जस्ता चूनौतीकाबीच विकास निर्माणले तीव्रता पाएको छ । पूर्वाधार निर्माणदेखि कृषि, स्वास्थ्य, शिक्षा, विद्युत लगायतका क्षेत्रमा सुधार ल्याउँदै स्थानीयको माग र आवश्यकतालाई पूरा गर्न नगरपालिकाले पूराना योजनालाई निरन्तरता नयाँ योजना थप गर्दै विकास निर्माणको कामले तीव्रता पाएको देख्दा खुसी लागेको शितगंगा नगरपालिका वडा नम्बर १० की सीता बेल्वासेको भनाइ छ ।
नगरपालिकाको समग्र विकासमा आधारित काम गर्दै दिगो विकासको लक्ष्यलाई हासिल गर्नेगरी नगरपालिकाका जनप्रतिनिधिहरु अघि बढेको नगरप्रमुख छबिलाल पौडेलले बताए ।
नगरपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, मानव विकास लगायत सबै क्षेत्रको समग्र विकास लक्षित कार्यहरु अगाडि बढिरहेको पौडेलको दाबी छ ।
नगरपालिका भाडाको घरमा सञ्चालित थियोे अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह भइरहेको छ । आधारभूत स्वास्थ्य केन्द्रहरु, वडा कार्यालयहरु समेत आफ्नै भवनबाट सञ्चालन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन जिसीले बताए ।
नगरपालिका रहेका सम्पूर्ण ऐलानी जग्गाको नापी कार्य (छिटफुटबाहेक)सम्पन्न गरी सम्बन्धित निकायमा विवरण पठाइएको छ भने नगरपालिकामा विद्युतीय कारोबार(ई–बिलिङ)ई हाजिरी सेवा सुरू भएको प्रशासकीय अधिकृत जिसीले बताए ।
त्यस्तै, नगरपालिका निवेदन, सिफारिस माग निवेदन, फारम भर्ने लगायतका सुविधा निःशुल्क प्रदान गरी नागरिकलाई सहजता प्रदान गरिएको समेत जिसीले बताए । नगरपालिकामा धेरै सडकहरु, कालोपत्रे, ग्राभेल, नाली निर्माण सडक ढलाइ कलभट ट्रायक खोल्ने पुल निर्माण खानेपानी विद्युत स्वास्थ्य शिक्षा किसानलाई कृषिमा प्रविधि कार्यक्रम अन्तर्गत ५० प्रतिशत, ७५ प्रतिशत अनुदानमा स्प्रे ट्यांकी तथा टनेल, बोटबिरुवा, बिउपल, हाते ट्याक्टर, कुटानी पिसानी मेसिन लगायतका अनुदानहरु उत्पादनमा आधारित अनुदान वितरण गरिएको नगरप्रमुख छबिलाल पौडेलले बताए ।
नगरपालिकाका किसानको गाई–भैंसीलाई निःशुल्क गर्भाधान (एआई) सेवा, किसानलाई बिमामा प्रोत्साहन गर्ने उद्देश्यका साथ पशु बीमा कार्यक्रम, आधा दर्जन भन्दा बढी पशु सेवा कार्यक्रम भकारो सुधारm दूधमा अनुदान, घाँसका बिउपल वितरण, बोका रागा वितरण लगायत धेरै कार्यक्रम जनप्रतिनिधिहरुले गरेको शितगंगा नगरपालिकाका नगर प्रवक्ता दामोदर न्यौपानेले बताए ।
नगरपालिकाभित्र दर्जनौं ठाउँका सडकहरु स्तरोन्नति प्रत्येक वडाहरुमा सडक विस्तार गरिएको छ । राष्ट्रपति चुरे सिँचाइ डिभिजन कार्यालय, भू– तथा जलाधार कार्यालय, वन कार्यालय, जनताको तटबन्धन, शिवपुर सडकसँग सहकार्य गरी स्थानीय स्तरमा जनताको माग अनुसार कार्यक्रमहरु अगाडि बढाएको नगरपालिकाका उपप्रमुख गीता भाटले बताइन् ।
नगरपालिका भौगोलिक हिसाबले नेपालकै ठूलो छ । यस नगरपालिका रुपन्देही जिल्ला, कपिलवस्तु जिल्ला, पाल्पा जिल्ला, दाड जिल्ला, प्युठान जिल्लाका विभिन्न ठाउँहरुसँग जोडिएको छ । जहाँ १४ वडाहरु छन् । नगरपालिकामा वार्षिक विकास बजेट प्रत्येक वडामा वर्षमा ५० देखि ५५ लाख जाने गर्छ । तर त्यो बजेट बर्खाले बिगारेका बाटो सोर्न समेत नपुग्ने गरेको वडा नम्बर ३ का अध्यक्ष चिन्तराज अधिकारीले गुनासो गरे ।
नगरपालिकाभित्र विगतका वर्षदेखि खरको छाना मुक्तका लागि टिन वितरण, एक घर एक धारा नीति अनुसार खानेपानी जडान, सयौं खाली बिजुलीका पोलमा तार विस्तारसहित थप ठाउँमा दर्जनौं बिजुलीको पोल र तार विस्तार गरिएको छ भने भोल्टेज सुधारका लागि विद्युत प्राधिकरणको समन्वयमा विभिन्न ठाउँमा ट्रान्सफर्मर जडान तथा क्षमता वृद्धिदेखि सडक बत्ती मर्मत तथा जडान कार्यलाई समेत प्राथमिकता दिएको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले बताए ।
नगरपालिकामा शिक्षाको स्तर वृद्धिका लागि विद्यालय अनुगमन स्थानीय पाठ्यक्रम तैयारी, दिवा खाजा विद्यालयका भवन निर्माण, क्याम्पस स्तरउन्नतिका लागि सहयोग नगरपालिकाभित्र बालविकास केन्द्रको बाल कक्षा सुधार गरी गुणस्तरीय शिक्षण सिकाईमा टेवा पुग्ने गरी नगरपालिकाका १४ वडामा नै अभियानको रुपमा विकास निर्माणका कामहरु समान्नतर रुपमा अगाडि बढेको शितगंगा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दामोदर अधिकारीले बताए ।
यस्तै, नगरपालिकाभित्र रहेका विभिन्न मठमन्दिरहरु सुधार विस्तार, नयाँ सरचना निर्माण, नगरपालिकाभित्र रहेका विकास निर्माणका कामहरुको दैनिक अनुगमन, सीप मुलक तालिम आयआर्जन सम्बन्धि तालिम, महिला, दलित, जनजाति पिछडिएको वर्ग लक्षित वर्गका कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाएको शितगंगा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुकेश आलेले बताए ।
विपन्न समुदायको स्वास्थ्यमा पहुँच वृद्धि गर्न विपन्न, दीर्घरोगी गरिब परिवारलाई स्वास्थ्य बीमा, विपन्न परिवारलाई वायुपङ्खे चुल्हो वितरण समेत विगतदेखि नै लागू गरिएको शितगंगा नगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष हिम्मत पोख्रेलले बताए ।
नगरबासीलाई सीप सिकाएर आत्मनिर्भर बनाउन महिलालाई व्यूटीपार्लर तालिम, दलित समुदायलाई उद्घोषण तथा माइन्यूट लेखन तालिम, जनजातिलाई विशेष तालिम, थाकलका रेसाबाट ढकिया टोपी बनाउने तालिम, महिला पत्रकार उत्पादन तालिम प्रदान लक्षित वर्गलाई स्वावलम्बन बन्न सहयोग गरिएको नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भिम केसीले बताए । अपांगता भएका व्यक्तिहरुलाई सामग्री खरिद गरी हस्तान्तरण गरी सहयोग समेत जनप्रतिनिधिले गर्ने गरेको वडा नम्बर ११ का वडाध्यक्ष नबराज भुसालले बताए ।
नगरपालिका आसपास ठाडा बजार, भित्री सडक निर्माण सडक, बत्ति जडान, सडक स्तरोन्नति, सडक ग्राभेल, सडकका बाटाघाटामा दर्जनौं ह्युम पाइम लगाइ बजारमा आउने खानेपानीको मुहान संरक्षण, पाइपलाइन विस्तार तथा मर्मत, दुर्घटनाको जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम समेत जनप्रतिनिधिले गर्दै आएको वडा नम्बर ४ का अध्यक्ष दामोदर अधिकारीले बताए ।
खेलकुदको माध्यमबाट समक्ष र नैतिकवान युवा बनाउन युवालाई खेलकुद सामग्री प्रदान राष्ट्रपति रनिङसिल प्रतियोगितामा जिल्ला प्रथम हुनेहरुलाई नगदसहित सम्मान खेलाडीहरुलाई पुरस्कार लगायत ९० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गर्ने जनप्रतिनिधिले गरेका छन् ।
२०७४ सालदेखि जनप्रतिनिधिहरु नगरपालिकामा निर्वाचित भएपछि विकासले फड्को मारेको हो ।