२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि तीन तहका सरकारबीच समन्वय जरुरी

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ मंसिर १८ गते २१:३०
Shares
अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि तीन तहका सरकारबीच समन्वय जरुरी

अर्घाखाँची : ३३ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ  । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएको व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने नारासहित अपांगता भएका व्यक्तिहरूको यस वर्षको अपांगता दिवस मनाइएको हो ।

संयुक्त राष्ट्र संघले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाउन सुरु गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सांसद   तथा भौतिक पूर्वाधार विकास समितिका सभापति रामजी प्रसाद घिमिरेले लुम्बिनी प्रदेश सरकार अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न लागि परेको  बताएका छन् ।

मंगलबार अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशले आयोजनामा गरेको  ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै सांसद  घिमिरेले।

अपांगता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चिता गरेको बताउँदै सविधानले अपांगताको लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरहरूमा अपांगता भएका व्यक्तिहरूको समान पहुँच स्थापित गर्दै राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न प्रदेश सरकारले कानुनी आधार समेत निर्माण गरेर अघि बढ्न सविधानले सबैलाई मुल प्रवाहमा ल्याउनका लागि ऐन समेत पारित गर्ने दाबी गरेका हुन् ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले  संविधानले अपांगता भएका व्यक्तिलाई अन्य नागरिक सरह राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका सम्पूर्ण अधिकार सुनिश्चित गरेको बताए  । श्रेष्ठले  यसमा उनीहरूको अन्तरनिहित क्षमता, सीप र दक्षतालाई तिनै तहका सरकारले  समृद्धिको अभियानमा परिचालन गर्न आवश्यक रहेको बताउँदै तीनै तहका सरकारबीच समन्वय गरी आवश्यक नीति, योजना र कार्यक्रममार्फत विकासको मूल प्रवाहमा अपांगता भएका व्यक्तिलाई समेट्नुपर्नेमा जोड दिए  ।

मालारानी गाँउपालिकाका अध्यक्ष दल बहादुर भट्टाराई, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,राष्ट्रिय मानव अधिकार लुम्बिनी प्रदेशका कार्यालय प्रमुख हरि प्रसाद ज्ञवाली, गैरसरकारी संस्थाका अध्यक्ष ठाकुर अधिकारी, इन्सेक प्रतिनिधि कुल बहादुर नेपाली, श्रृजनशिल अपांगता सरोकार मन्चका अध्यक्ष पर्शुराम पाण्डे लगायतले कार्यक्रममा मन्तब्य राखेका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पुष्षा भुसाल , राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश सचिवालय सदस्य कमला परियारले अपांगताको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता, सचिव सन्तोष पन्थीको सञ्चालनमा भएको थियो । यसैबीच दिवसको अवसरमा लामो समयदेखि अपांगताको क्षेत्रमा काम गर्ने अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १ मा रहेको निर्मल नवज्योति सुस्तमनस्थति विद्यालयका प्रधानाध्यापक कमला भुसाललाई सम्मान गरिएको छ । 

ताजा खबर

सम्बन्धित खबर