२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जुम्लाका प्रहरीलाई विपद् उद्धारसम्बन्धी सीप अभ्यास

ADV
दिलमाया शाही
२०८१ असार ६ गते २०:४०
जुम्लाका प्रहरीलाई विपद् उद्धारसम्बन्धी सीप अभ्यास

जुम्ला : जुम्लाका प्रहरीलाई विपद् उद्धार सम्बन्धी एकदिने सीप अभ्यास दिइएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा सीप अभ्यास गराइको हो । 

कार्यक्रममा जुम्लाका प्रहरी जवानलाई पहिलो पटक यस्तो सीप दिइएको प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले बताए । उनले भने,‘विपद् भन्ने कुरा बाजा बजाएर आउँदैन ।’ उनका अनुसार बाढी, पहिरो, आगलागी जस्ता जुनसुकै विपद्का घटना हुँदा उद्धार कार्यमा प्रहरी खटिएको हुन्छ । कहिले काही सानो कुरा नजानेका कारण घाइतेको ज्यान जान्छ । त्यसैले प्रहरीलाई आकस्मिक विपद् उद्धार तथा पीडितको लागि अस्पताल लैजानु भन्दा पहिला गरिने प्राथमिक स्वास्थ्य उपचार गर्न जरुरी छ । 

त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले विपद्मा परेका नागरिकलाई बचाउन गरिने विधि जस्ता कुरा प्रहरीले सिक्न आवश्यक रहेको बताए । उनले अत्यन्तै आपतकालिन  अवस्थाहरु जसलाई आँखा अगाडि नै देख्ने व्यक्तिले तत्काल घटनास्थलमा नै बचाउन सक्ने प्रयोगात्मक विधिहरु अभ्यास र सैद्धान्तिक तरिकाको बारेमा दिइने सीप महत्वपूर्ण हुने बताए । प्रजिअ घिमिरेले आयोजक जिल्ला प्रहरी कार्यालय र सहयोगी प्रतिष्ठानका डाक्टरलाई धन्यवाद दिएका थिए ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले यस अभ्यास सीप लिएको प्रहरीले हजारौँ जीवन बचाउन सक्ने बताए । उनले प्रहरीका लागि आकस्मिक विपद् उद्वार पीडितहरूको प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि एक दिने अभ्यास सीप कार्यक्रम आफैँमा महत्वपूर्ण रहेको बताए । उनले सबै खालका घटनामा प्रहरी सक्रिय हुने भएकाले प्राथामिक स्वास्थ्य उपचार सम्बन्धिको ज्ञान मात्रै नभइ प्रहरीलाई आवश्यकता अनुसारको सबै कुराको सीप दिन जरुरी रहेको बताए । 

जिल्ला प्रहरी कार्यालय जुम्लाले आयोजना गरेको कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर एलन पाण्डे, सुरेश दुलाल र विपिन लुईटेलले अभ्यास गराएका हुन् । डाक्टर  एलन पाण्डेको टिमले आपतकालिन अवस्थामा घटना स्थलमा नै ५/७ मिनेटमा नै ज्यान जान सक्ने अप्रत्याशित घटनाहरुमा घटनास्थलमा देख्ने व्यक्तिले ज्यान बचाउन अपनाउनुपर्ने विषयमा अभ्यास गराएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise