२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मुक्तिनाथ र एनसीएचएलबीच भुक्तानीसम्बन्धी सम्झौता

shivam cement
२०८१ मंसिर १९ गते २०:४६
Shares
मुक्तिनाथ र एनसीएचएलबीच भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं : मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच अलिपे प्लसमार्फत् अन्तरदेशीय भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई सहजताको भुक्तानी सहजताको लागि बैंक र एनसीएचएलबीच सो सम्झौता भएको हो ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूलाई नगद बोक्ने झन्झट नहुनुका साथै नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बैंकले जनाएको छ ।

सम्झौताअनुसार बैंकको नेपालपे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा भुक्तानी गर्न सकिनेछ । यसबाट चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्वीडेन, इटालीलगायत देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सकिनेछ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था पनि गरिएको छ । बैंकले हालै ‘मोबाइल एक, फाइदा अनेक’ लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल सेवा मात्र नभई विकास बैंकमध्ये नेपालकै पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फन्ड’ यही २० मंसिरदेखि बिक्रीमा ल्याउन लागेको जनाएको छ ।

सम्बन्धित खबर