काठमाडौंः नेपाल पत्रकार महासंघले पत्रकारितामा क्रियाशील नरहेकालाई सदस्यता त्याग गर्न अपील गरेको छ । महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा पूर्वमहाचिव उजिर मगर र पूर्वसचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण सदस्य रहेको ‘सदस्यता शुद्धीकरण समिति’ले पत्रकारितामा क्रियाशील नरहेकालाई सदस्यता त्याग गर्न आग्रह गरेको हो ।
बिहीबार बसेको समितिको बैठकले साधारण सभाबाट प्राप्त कार्यादेश बमोजिम कार्य अगाडि बढाउने निर्णय गरेको छ । जसअनुसार समितिले महासंघमा आवद्ध सबै सदस्यहरूको अद्यावधिक विवरण संकलन गरी छानबिन गरेरमात्रै सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यताको प्रक्रियालाई अगाडि बढाउने नीति तय गरेको छ ।
यस्तै पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न अपील गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्यथा समितिले तयार पारेको सदस्यता शुद्धीकरण मापदण्ड मस्यौदामाथि शाखा, एशोसिएट, प्रदेश र केन्द्रीय समितिसँग आवश्यक परामर्शपछि अन्तिम रुप दिई कडाईका साथ लागू गरिने महासंघले जनाएको छ । महासंघकाअनुासर हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्य कायम रहेको पाइए प्रक्रियागत रूपमै सदस्यताको सूचीबाट हटाइने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies