काठमाडौं : नेपाली चलचित्र, गीतसंगीत, सौन्दर्यकला तथा समाजसेवामा निरन्तर योगदान दिएका विभिन्न श्रष्टाहरु सम्मानित भएका छन् । विलक्षण क्रियसन प्रा.लि. तथा ब्युटी न्युज नेपालको छैटौं वार्षिकोत्सवको अवसरमा काठमाडौंको नाचघरमा आयोजित ‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान–२०७९’बाट उनीहरु सम्मानित भएका हुन् ।
वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज लायन्स रेश्मा श्रेष्ठ, सोनी कारँजितलगायतले श्रष्टाहरुलाई कार्यक्रममा सम्मान प्रदान गरेका हुन् । यसरी सम्मानित हुनेमा साहित्य क्षेत्रबाट अग्रज पुस्तक सम्पादक पारशप्रकाश नेपाल र उपन्यासकार सुरेन्द्र महर्जन ‘अमर’ रहेका छन् । सौन्दर्यकला क्षेत्रबाट ब्युटिसियनहरु अनिता खड्का रायमाझी, रश्मिला श्रेष्ठ र सोनी शाह सम्मानित भए ।
यस्तै चलचित्र क्षेत्रबाट सम्मानित हुनेहरुमा चलचित्र अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’, महिला चलचित्र निर्देशक लछु गौतम, निर्देशकहरु नरेन श्रेष्ठ, कल्याण अधिकारी, हास्य अभिनेता बेगम नेपाली ‘भट्भटे माइला’, सिनेमाटोग्राफर कृष्णबहादुर थापा, कोरियोग्राफर जोगेन्द्र केसी र कृष्ण रसाल रहेका छन् ।
फेशन डिजाइन क्षेत्रबाट काजल शर्मा, दिलमाया मगर, कोरियोग्राफीबाट अश्विनी कान्त झा, समाजसेवाबाट ज्योति घिमिरे र सुनकुमारी श्रेष्ठ सम्मानित भए । यस्तै व्यवसाय क्षेत्रबाट व्यवसायी शोभा गुरुङ, युवा उधमी बालकृष्ण पोखरेल र श्रष्टा दिलिप केसी सम्मानित भए ।
नेपाली संगीत क्षेत्रबाट अग्रज गीतकारहरु प्रकाश सुवेदी, कमला रिसाल, प्रतिमा गुरुङ, गायक नारायण थापा, गायक ओम सुनार, गायिका केन्जुमा सुब्बा, गायक चिरञ्जिवी भण्डारी, गायक भारत सामरी, संगीतकार योगेन्द्र उपाध्याय र संगीत संयोजक शाहस शाक्य सम्मानित भए । सञ्चारबाट चलचित्र पत्रकार जीवन पराजुली र फोटो पत्रकार सुरेन्द्र थापा सम्मानित भए ।
आ–आफ्नो क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका श्रष्टाहरुलाई हरेक वर्ष सम्मानित गरेर विलक्षण क्रियसन प्रा.लि.ले उनीहरुको हौसला बढाउने काम गरेको वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले बताइन् ।
कार्यक्रमको प्रमुख अतिथि खानेपानी मन्त्री अब्दुल खानले यात्राको क्रममा कार्यक्रममा समयमा आउन नसके पनि फोनबाटै सबैलाई शुभकामना व्यक्त गरे ।
लायन्स जोन चेयरपर्सन तथा आयोजक संस्थाकी सल्लाहकार वरिष्ठ ब्युटिसियन सोनी कारँजितले आफूहरुले विलक्षण क्रियसनबाट हरेक वर्ष विभिन्न कार्यक्रम गरेर नेपाली गीतसंगीत, सिनेमा तथा सौन्दर्यकला क्षेत्रमा योगदान पुर्याउँदै आएको बताइन् ।
प्रतिभालाई प्रोत्साहन गर्न आफूहरुले विगत ६ वर्षदेखि नै श्रष्टालाई सम्मान गर्दै आएको विलक्षण क्रियसनका अध्यक्ष डब्बु क्षेत्रीको भनाइ थियो । कार्यक्रममा गायिका सोनी राजभण्डारीले गीत प्रस्तुत गरेर दर्शकको मन जितिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies