२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

भोजपुरी ‘स्टार’ खेसारीलालको कार्यक्रममा कुर्सी तोडफोड

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर २० गते २१:०७
भोजपुरी ‘स्टार’ खेसारीलालको कार्यक्रममा कुर्सी तोडफोड

रौतहट : रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरमा आयोजित पञ्चवर्षीय गढीमाई मेला तथा सांस्कृतिक कार्यक्रममा कुर्सी तोडफोड भएको छ । चर्चित भारतीय भोजपुरी गायक तथा कलाकार खेसारीलाल यादवको  सांस्कृतिक कार्यक्रममा केही दर्शकहरुले कुर्सी तोडफोड गरेका हुन् ।

खेसारी लाल यादवलाई हेर्न बिहानैदेखि सर्वसाधारणको भिड लागेको भएपनि रौतहटको गढीमाई नगरपालिका–४ संग्रामपुरमा आयोजित गढीमाई मेलामा भोजपुरी सुपरस्टार खेसारीलाल यादवको उपस्थितिमा आयोजित कार्यक्रममा ठूलो संख्यामा उपस्थित भीडले कुर्सी तोडफोड गरेको  घटना सामाजिक संजालमा आएको छ । कार्यक्रममा सुरक्षाको कमी, भीड व्यवस्थापनको समस्या, र आयोजकहरूको योजनामा कमीका कारण यस प्रकारको तनाव सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

No description available.

यादवको कार्यक्रम तथा प्रस्तुती हेर्नका लागि रौतहटको विभिन्न पालिकाका सर्वसाधारणहरु, सर्लाही, बारा जिल्लासहित भारतका विभिन्न स्थानबाट लाखौँ दर्शक मेलास्थलमा आएका थिए । तर सोही क्रममा व्यवस्थापनको कमजोरीका कारण उपस्थित दर्शकहरूलाई बस्न र कार्यक्रम हेर्न कठिनाइ भएकोले दर्शकले भोजपुरी ‘स्टार’ खेसारीलालको कार्यक्रममा कुर्सी तोडफोड गरेका हुन् ।

रौतहटको गढीमाई नगरपालिका–४, संग्रामपुरमा आयोजित गढीमाई मेलाको प्रमुख आकर्षणका रूपमा भोजपुरिया सुपरस्टार खेसारीलाल यादवलाई निमन्त्रणा गरिएको थियो । खेसारीलालको कार्यक्रममा अत्यधिक भीड भेला भएको कारणले दर्शकहरूको असन्तुष्टि र व्यवस्थापनको अभावले विवाद उत्पन्न हुँदा जसले गर्दा उपस्थित भीडले कुर्सीहरू तोडफोड गरेका हुन् ।

No description available.

यस घटनाले ठूलो ध्यान खिचेको छ र भविष्यमै यस्तो समस्या नदोहोरिने गरी सुधारात्मक कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ । खेसारीलाल यादव एक लोकप्रिय भोजपुरी अभिनेता र गायक हुन् । उनका कार्यक्रम प्रायः धेरै भीड आकर्षित हुने गर्दछन । रौतहटको गढीमाई नगरपालिका–४, संग्रामपुर कार्यक्रममा खेसारीलाल यादवका दर्शकहरूले कुर्सी तोडफोड गरेका छन् भने आमतौरमा भीड नियन्त्रण नहुनु, असन्तुष्टि, वा उत्साहको अत्यधिक प्रदर्शनीको कारण हुन सक्छ ।

ADV

सम्बन्धित खबर

Advertise