काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिका निवर्तमान संयोजक विमल ढकालले आफ्नो कार्यकालमा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा रहेको समस्या समाधान भएको जानकारी दिएका छन् ।
नवनिर्वाचित कार्यसमितिको पदवहाली कार्यक्रममा निवर्तमान संयोजक ढकालले अब वैदेशिक रोजगार व्यवसायीहरुले पूर्व स्वीकृतिपछि एक पटक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गरेपछि पटक–पटक विज्ञापन गर्न नपर्ने गरी वैदेशिक रोजगार विभागबाट निर्णय भएको जानकारी दिए । उनले भने, ‘त्यसको जानकारी इमेलमार्फत संघमा आउँदैछ, संघमा सूचना प्राप्त भएपछि सबै व्यवसायीलाई जानकारी हुनेछ ।’
त्यसैगरी निवर्तमान संयोजक ढकालले व्यवसायी भलाइ कोष कार्यविधि निर्देशिका पनि कार्यान्वयनको अन्तिम चरणमा पुगेको जानकारी दिँदै हाल कार्यविधि अर्थ मन्त्रालयमा रायका लागि पुगेको र अर्थ मन्त्रालयबाट राय आउनासाथ कार्यान्वयनमा आउने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies