२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

गुणस्तरहीन उत्पादन गर्ने उद्योग बन्द गर्ने नगरप्रमुखको चेतावनी

Nada
सूर्यप्रसाद भुसाल
२०८१ मंसिर २० गते २१:१०
Shares
गुणस्तरहीन उत्पादन गर्ने उद्योग बन्द गर्ने नगरप्रमुखको चेतावनी

अर्घाखाँची : सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जिल्लामा स्थापना भएका उद्योगहरुमा उत्पादन गरिएका सामग्री मानिसको दैनिक जीवन र स्वास्थ्यमा प्रतिकुल असर नगर्ने बस्तु उद्योगीले उत्पादन गर्नुपर्ने बताएका छन् ।

ncell

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको उत्पादित बस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी १ दिने कार्यशाला गोष्ठीमा मन्तव्य राख्दै नगर प्रमुख श्रेष्ठले मानिसको स्वास्थ्यमा असर पर्ने खालका कुनै घरेलु तथा साना उद्योगले उत्पादन नगरुँन भन्ने उद्देश्यले नगरपालिकाले साना तथा ठूला उद्योगहरुको स्थलगत अनुगमन गर्ने गरेको बताएका हुन् ।

नगर प्रमुख श्रेष्ठले उद्योगमा उत्पादन गरिएका सामग्री उपभोक्ताको मनोभावना अनुसार आवश्यक बस्तुहरुको उत्पादनमा जोड दिन र उद्योगमा उत्पादित सामग्रीलाई बजारीकरण गर्न स्थानीय सरकारले समेत प्रोत्साहन गर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बजारमा देखिएका बेतिथिहरुको  अन्त्य गर्न आफू अर्घाखाँचीमा आएदेखि नै बजार अनुगमन उद्योगधन्दा अनुगमन निरीक्षण गर्ने गरेको बताउँदै उपभोक्ताको स्वास्थ्यप्रति सरकार संवेदनशिल रहेको बताए । उनले उद्योगी व्यवसायी आम नागरिक जिम्मेवार बनेमा  उद्योगीहरुको उत्पादनले बजार पाउने बताए ।

कार्यक्रममा  साना तथा ठूला उद्योगमा उत्पादन गरिने सामग्रीको प्याकेजिङ र लेबलिङ गर्ने तरिका उद्योगबाट उत्पादित बस्तुमा उत्पादन मिति, त्यसमा मिसाइएका पदार्थहरु त्यसको गुणस्तरीयता आम उपभोक्ताको चासो, कम्पनीको नाम, लेबलिङ सम्बन्धी कानुनी व्यवस्था, सरकारले निर्दिष्ट गरेको नियमहरु गुणस्तर मापन लगायतका विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कपिलबस्तुका खाद्य निरीक्षक सरोज खनालले कार्यक्रममा प्रशिक्षण दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर