२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

निजामती कर्मचारी युनियन सन्धिखर्कस्तरीय अधिवेशन सम्पन्न

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ मंसिर २१ गते २०:४३
निजामती कर्मचारी युनियन सन्धिखर्कस्तरीय अधिवेशन सम्पन्न

अर्घाखाँची : नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको सन्धिखर्कस्तरीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्धिखर्क नगरपालिकामा कार्यरत युनियनका नेता धर्मराज भुसालको अध्यक्षतामा नगर स्तरीय नयाँ कार्यसमिति चयन गरेको छ । 

युनियनको उपाध्यक्षमा श्रवण पन्थी,  महिला  उपाध्यक्षमा सरिता घिमिरे, सचिवमा गगन आचार्य,  सहसचिवमा गोमा थापा, कोषाध्यक्षमा यमुना पन्थी, सदस्यमा सीता विसी, प्रदिप आचार्य, जेलिना केसी, सन्तोष लम्साल, कुलदीप आचार्य निर्वाचित भएको नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका अध्यक्ष दिपक पाण्डेले बताए ।

कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका नेता तथा सिविए अध्यक्ष कृष्ण बर्माले कर्मचारीको अधिकार खोसिने गरी अघिल्लो सरकारले ल्याएको संघीय निजामति ऐन संशोधन गरेर कर्मचारीहरुको माग सम्बोधन गराउन वर्तमान गठबन्धन सरकारलाई पहल गरिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता ऋषव अधिकारीले कर्मचारीले परिणाम देखिने गरी काम गर्नुपर्ने र जनतालाई सरल तथा सहज रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन युनियनले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर १ का अध्यक्ष माधव श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता चोपनारायण श्रेष्ठ, नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष नेता शेष कान्त घिमिरे, ओसन  युनियन अर्घाखाँचीका अध्यक्ष दिपक पाण्डे, युनियनका नेताहरु रुकेन्द्र पालुङ्गे, शिवहरि खनाल, पुस्पा भुसाल, सरिता भुसाल, रमेश न्यौपाने, सिविएका कोषाध्यक्ष लक्ष्मण भट्टराई, सिविए सदस्य नारायण दमासे, बेलकुमारी परियार, गिता भुसाल, चन्दमणी आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise