२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

सडक ढलानमा पीपीसी सिमेन्टको प्रयोग, स्थानीयद्वारा विरोध

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर २१ गते २१:४६
सडक ढलानमा पीपीसी सिमेन्टको प्रयोग, स्थानीयद्वारा विरोध

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नं.५ पिप्रामा गरिएको ढलानमा पीपीसी सिमेन्टको प्रयोग भएपछि स्थानीयहरुले विरोध गरेका छन् । 

संघीय सरकारको कुल ८० लाखको लागतमा निर्माण हुँदै गरेको सडकमा ओपीसीको सट्टा पीपीसी सिमेन्ट प्रयोग गरेर ढलान गर्न थालेपछि स्थानीयहरुले सो कार्यको विरोध गरेका छन् । 

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहको निर्देशनमा कमदारहरुले सडक ढलानमा पीपीसी सिमेन्ट प्रयोग गरी रहेको स्थानीय नेपाली कांग्रेसका नेता भोला राय यादवले बताए । 

सडक ढलानमा कमसल सामग्री प्रयोग गरिरहँदा स्थानीयहरुले विरोध गर्दा पनि मेयर साहले काम नरोकिएको यादवले बताए । 

भौतिक संरचना वा सडक ढलान जस्ता सरकारी स्तरको कार्यमा होडिङ्ग बोड राख्नुपर्ने सरकारी नियम भएपनि मेयर साहले सत्ता र पावरको बलमा बोर्ड नलगाइ सडक ढलान कार्य गराइ राखेको नेता यादवको भनाइ छ । 

यसै विषयलाई लिएर नेता यादवले पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलाई जानकारी गराएपनि उनले काम नरोकिएको आरोप लगाए । 

सरकारी निकायबाट हुने कार्यमा इस्टमेट बोर्ड राख्नुपर्ने नियम रहेकाले यसमा सम्बन्धित व्यक्ति नै ध्यान दिनुपर्ने यादवले बताए । 

त्यस्तै सोही ढलानको लागि जयनगरमा रहेको हार्डवेयर पसलबाट लोड गरिएको पीपीसी सिमेन्ट स्थानीयले देखेर विरोध गर्दा सो सिमेन्ट गोदाममै थन्काइएको कुरा पनि बाहिरिएको छ ।  

पीपीसी सिमेन्टको प्रयोगबाट हुने ढलान कमसल भएपछि सरकारको लगानी बालुवामा पानी खन्याएको सरह हुने भन्दै त्यसलाई रोक्न स्थानीयहरुले प्रयास गरेपनि मेयर साहले जबरजस्ती ढलान कार्य गराइरहेको स्थानीयको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise