२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

कर्मचारी युनियन शितगंगाको अध्यक्षमा खनाल निर्वाचित

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ मंसिर २३ गते २०:२१
Shares
कर्मचारी युनियन शितगंगाको अध्यक्षमा खनाल निर्वाचित

सन्धिखर्क : नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको शितगंगा स्तरीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शितगंगा नगरपालिकामा कार्यरत योजना अधिकृत युनियनका नेता नुमलाल खनालको अध्यक्षतामा नगरस्तरीय नयाँ कार्यसमिति चयन गरेको छ । 

युनियनको उपाध्यक्षमा दामोदर ढकाल, महिला उपाध्यक्षमा कुसुम थापा,  सचिवमा  लक्ष्मण पौडेल, कोषाध्यक्षमा सन्तोष पन्थी निर्वाचित भएको नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका अध्यक्ष दिपक पाण्डेले बताए । 

कार्यक्रममा शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलले स्थानीय कर्मचारीहरुको  अधिकार खोसिने गरी अघिल्लो सरकारले ल्याएको संघीय निजामति ऐन संसोधन गरेर कर्मचारीहरुको माग सम्बोधन गराउन वर्तमान गठबन्धन सरकारलाई पहल गरिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता सुर्य प्रसाद अधिकारीले कर्मचारीले परिणाम देखिने गरी काम गर्नुपर्ने र जनतालाई सरल तथा सहज रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन युनियनले भूमिका खेल्नुपर्ने बताए । 

कार्यक्रममा शितगंगा नगरपालिकाका नगरप्रवक्ता दामोदर न्यौपाने शितगंगा नगरपालिका वडा नम्बर १ का अध्यक्ष माधव मान बहादुर सिङ्जापति, वडा नम्बर २ का अध्यक्ष राम बहादुर गोर्खा, वडा नम्बर ३ का अध्यक्ष चिन्ताराज अधिकारी, ४ का अध्यक्ष दामोदर अधिकारी ५ का अध्यक्ष चन्द्रमणी बेल्वासे, १२ का अध्यक्ष चोप बहादुर घर्ती, सिविए अर्घाखाँचीका अध्यक्ष कृष्ण बर्मा, नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका अध्यक्ष दिपक पाण्डे, युनियनका नेताहरु रुकेन्द्र पालुङ्गे, रमेश न्यौपाने, सन्जय श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नुमलाल खनालको सभापतित्व नगरप्रमुख छबिलाल पौडेलको प्रमुख अतिथ्यता र लक्ष्मण पौडेलले सञ्चालन गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर