२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

छाया अस्पताल र नेपाल प्रहरीबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर २३ गते २०:३६
छाया अस्पताल र नेपाल प्रहरीबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

अर्घाखाँची : जिल्ला  प्रहरी कार्यालय अर्घाखाँची र छाया विशेषज्ञ अस्पताल प्रालि अर्घाखाँचीबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

अब अर्घाखाँची भरीका नेपाल प्रहरीका बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार,  कर्मचारीहरुले छाया अस्पताल प्रालिमा उपचार गर्दा सहुलियत शुल्कमा उपचार सेवा प्राप्त गर्ने छन् ।

सम्झौता अनुसार  जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीबाट  उपलब्ध गराएको परिचय पत्र वा रिफर भइ आएका बिरामीहरुलाई छाया अस्पताल्को  बहिरङ्ग विभागमा दर्ता शुल्क निःशुल्क गरिनुका साथै बहिरङ्ग विभाग र छाया अस्पतालमा भर्ना भइ उपचार गराउँदा २५ प्रतिशत छुट हुने छ भने छाया अस्पतालले  सञ्चालन गरेको फार्मेसीमा औषधीहरु खरिद गर्दा १० प्रतिशकत छुट हुने व्यवस्था गरिएको छ । यो सुविधा प्राप्त गर्न परिचय खुल्ने कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने छाया अस्पतालका अध्यक्ष दल बहादुर केसीले जानकारी दिए ।

कार्यक्रममा प्रहरीको  तर्फबाट  प्रहरी नायव उपरीक्षक  चक्रबहादुर मल्ल तथा छाया विशेषज्ञ अस्पतालको तर्फबाट अध्यक्ष दलबहादुर केसीले  हस्ताक्षर गरी एक– एक प्रति आदान–प्रदान गरेर सम्झौताको औपचारिक सुरुवात गरेका थिए । सहमति पत्रमा साक्षीको रुपमा प्रहरी निरीक्षक बिष्णु प्रसाद पौडेल र अस्पतालको तर्फबाट मुटुरोग विशेषज्ञ डाक्टर प्रदिप जग केसीले   हस्ताक्षर गरेका छन् ।

सम्झौता मिति मंसिर २४ गतेबाट एक वर्ष सम्मको लागि गरिएको छाया विशेषज्ञ अस्पतालका अस्पताल अध्यक्ष दल बहादुर केसीले बताए । उनका अनुसार छाया अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी लक्षित वर्ग, समुदाय, नेपाल प्रहरी लगायत धेरैलाई स्वास्थ्य उपचारमा सहुलियत शुल्कमा उपचार सेवा प्रदान गर्न सम्झौता गरी सो अनुसार स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने निःशुल्क स्वास्थ्य शिविरमार्फत हजारौंलाइै घर दैलोमा नै निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा पु¥याउँदै आएको छ । नेपाल प्रहरीका बहालवाला, अवकाश प्राप्त कर्मचारीहरु, उनीहरुका आश्रित परिवार र अमर सहिदका परिवारलाई सहुलियत सहितको स्वास्थ्य उपचार सेवा दिन पाउँदा हर्षित भएको अध्यक्ष केसीको भनाइ छ । यस्तै नेपाल प्रहरीका कर्मचारीलाई छाया अस्पतालका डाक्टरहरुले प्रत्येक महिना निःशुल्क स्वास्थ्य जाँच गर्ने र छाया अस्पतालबाट प्रहरी कर्मचारीलाई रिफर गर्न परेमा एम्बुलेन्स समेत निःशुल्क अस्पतालले उपलब्ध गराउने अध्यक्ष केसीले घोषणा गरे । 

ADVADV

सम्बन्धित खबर

Advertise