२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

सेसेल्समा रहेका नेपालीद्वारा रक्तदान

अनिल बानिया
२०८१ मंसिर २३ गते २२:३१
सेसेल्समा रहेका नेपालीद्वारा रक्तदान

सेसेल्स : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् सेसेल्सद्वारा भिक्टोरिया माहीको सरकारी अस्पतालमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । करिब ४४ जनाले रक्तदान गर्न उपस्थिति जनाएकोमा विविध कारणले २६ जनाले मात्र रक्तदान गरेका छन् ।

एनआरएन सेसेल्सले हरेक चार महिनामा सेसेल्सका तीन वटा ठूला टापुहरु माहे, प्रास्लिन र लादिकमा क्रमशः रक्तदान कार्यक्रम आयोजना गर्दै आएको एनआरएन सेसेल्सका अध्यक्ष मनोज विकले जानकारी दिए ।

सानो देश भएता पनि रगतको अभाव नहोस् भनेर विगत लामो समयदेखि एनआरएन सेसेल्सले सेसेल्स पुलिस र रेडक्रस सोसाइटी सेसेल्ससँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

No description available.

ADV

सम्बन्धित खबर