२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

Nada
२०८१ मंसिर २५ गते २१:४२
Shares
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बिहान साढे ११ बजे बस्नेछ । 

ncell

बैठकमा पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए । 

गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्य विभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन । पार्टी संरचनामा कार्य विभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ।

ताजा खबर

सम्बन्धित खबर