२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

क्यान्सरपीडित गायिका इन्दिरा गोलेलाई सेसेल्सका नेपालीले गरे आर्थिक सहयोग

ADV
अनिल बानिया
२०८१ मंसिर २७ गते १३:५५
क्यान्सरपीडित गायिका इन्दिरा गोलेलाई सेसेल्सका नेपालीले गरे आर्थिक सहयोग

आइल्याण्ड : नेपाल तामाङ कलाकार संघको पहलमा सेसेल्समा कार्यरत विजय तामाङसहित ११ जनाको संयोजकत्वमा २०६ जना नेपालीहरूले क्यान्सरपीडित गायिका इन्दिरा गोलेलाई आर्थिक सहयोग गरेका छन् । 

सेसेल्समा उठेको २ लाख ६४ हजार ५१६ रुपैया ११ डिसेम्बर २०२४ का दिन वुद्द लामा, प्रशान्त घिसिङ, मिस तामाङ २०२४-रिया लामा, खेन्दोक सेलो गायक आसमान लोप्चन र गायक कृष्ण लो तामाङको उपस्थितिमा क्यानसरपिडित वरिष्ठ सेलो गायिका इन्दिरा गोलेलाई हस्तान्तरण गरिएको छ ।

नेपाली लोक गीत संगीत र तामाङ सेलोमा सुपरिचित नाम हो इन्दिरा गोले । तामाङ भाषा र नेपाली भाषामा सयौं गीतमा आफ्नो आवाज दिएकी वरिष्ठ गायिका इन्दिरा गोले क्यानसर अस्पताल हरिसिद्दी ललितपुरमा विगत २ वर्षदेखि उपचारत छिन् । 

कलाकारहरूले आफ्नो कला र गलाको माध्यमबाट आफ्ना श्रोता र दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका हुन्छन् तर आफ्नै जीवनमा नसोचेको बज्रपात हुँदा उनीहरूको जीवनमा खुसीको रंग भर्न सरकार चुक्दै आएको छ ।

विगतदेखि वर्तमानसम्म धेरै कलाकारहरू जीवन र मरणको दोसाँधमा मृत्यु सय्याबाट छटपटाउदा राज्यले कलाकारप्रतिको दृष्टिकोण अझै फराकिलो बनाउन सकेको छैन ।  कलाकारहरूलाई गहना भन्ने सरकार, त्यही गहनाले जीवन रक्षाको अपिल गर्दा कुनै किसिमको चासो देखाएको छैन । 


 

ADVADV

सम्बन्धित खबर

Advertise