२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

सुशासन र पारदर्शीता कायम गराउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर २९ गते २०:०९
सुशासन र पारदर्शीता कायम गराउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शीता कायम गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सन्धिखर्कमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार अन्त्यका लागि सुशासन र जवाफदेहिता कायम गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।    

व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले पत्रकारिता क्षेत्रमा देखा परेका विकृति र विसंगती अन्त्यका लागि पनि ध्यान दिन आग्रह गरे ।

‘स्वच्छ, स्वस्थ र व्यवसाहिक पत्रकारिता अहिलेको आवश्यकता हो । यही मर्मलाई जोड दिएर समाजमा रहेका परिघटनाहरुलाई बाहिर ल्याउन यहाँहरुको महत्वपूर्ण योगदान छ’ मुख्यमन्त्री आचार्यले भने,‘सरकारका कमिकमजोरी छन् भने पनि त्यसलाई बाहिर ल्याएर सरकारलाई समेत सजग र सतर्क बनाउन यहाँहरुले भूमिका खेल्नुहुनेछ । मैले विश्वास लिएको छु ।’

भ्रष्टाचार अन्त्यका लागि पारदर्शीता गर्न र गराउन पत्रकारिता जगतको महत्वपूर्ण भूमिका रहने र त्यो भूमिकालाई अझ सशक्त रुपमा निर्वाह गर्न उनले आग्रह गरे । पत्रकार महासंघ अर्घाखाँचीमा गणेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा रुद्रमणी भुसाल, अम्बिका बेल्वासे, सचिवमा लक्ष्मण घिमिरे, सहसचिवमा घनश्याम पौडेल, बसन्त श्रेष्ठ, कोषाध्यक्षमा नवीन केसी, सदस्यहरुमामा  सागर महत, बिष्णु खनाल, कमला आचार्य, अमृत श्रेष्ठ नारायण पोख्रेल, डाक्टर नवीन पन्थी र केन्द्रीय परिषद सदस्यमा मुक्तिनाथ भुसाल, भगबता पाण्डे, प्रदेश परिषद सदस्यमा नेत्र मरासिनी,  मधुकुमार श्रेष्ठ, अनिल नेपाली  बिष्णु कुमार आले निर्वाचित भएका छन् ।

निर्वाचित अध्यक्ष लगायत पदाधिकारी सदस्यहरुलाई प्रमाणपत्र   वितरण गर्दै  मुख्यमन्त्री आचार्यले निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य, राष्ट्रिय परिषद सदस्य, प्रदेश परिषद सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । कार्यक्रम  बिष्णु भुसालको अध्यक्षतामा भएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise