एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको संसदको अनुमोदन विना नै इरानमाथि हमला गर्ने क्षमता सिनेटले अंकुश लगाएको छ । इरानमाथि युद्ध गर्ने ट्रम्पको आशय जाँच गर्ने सो प्रस्तावमा सिनेटमा ५५ मत परेको छ ।
प्रस्तावको विपक्षमा ४५ मत परेको छ । त्यसअघि ट्रम्पले अमेरिका इरानबाट कम सुरक्षित हुने चेतावनी दिएका थिए । मतदानको अघिल्लो दिन ट्रम्पले ट्वीट मार्फत देशको सुरक्षाका लागि अमेरिकी सिनेटले त्यसलाई पारित गर्नुपर्ने बताएका थिए ।
ट्रम्पले इरानको सेनाका जनरलको हत्या गर्न निर्देशन दिएपछि उक्त विधेयकको एउटा संस्करणलाई तल्लो सदनले जनवरीमै पारित गरेको थियो । अहिले रिपब्लिकनहरूकै बहुमत रहेको सिनेटले त्यसलाई अनुमोदन गरेको हो ।
तर ह्वाइट हाउसमा सो विधेयक पुगेपछि ट्रम्पले त्यसमाथि भिटो प्रयोग गर्ने ठानिएको छ । विधेयकमा अमेरिकी संसदले युद्ध घोषणा गरेको वा कुनै विशेष फौज परिचालनको अनुमति दिएको खण्डमा बाहेक इरानसँग टकरावमा रहेका अमेरिकी फौजलाई ट्रम्पले हटाउनुपर्ने ब्यवस्था छ । रत सो कानुनले अमेरिकामाथि हुने आक्रमढाबाट रक्षा गर्न भने रोकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies