-राजन बस्नेत
नेपालको सन्दर्भमा युवा देशका महान हस्ती हुन्, परिर्वतनाका सम्बाहक, मानवअधिकार, बालअधिकार, समग्र अधिकार, विकासका मूल नायक हुन् । नेपालको कुल क्षेत्रफलको.८२.९३ प्रतिशत भूभाग ग्रामिण क्षेत्रमा रहेको छ । नेपालका ८० प्रतिशत मानिस कृषि क्षेत्रमा आश्रित रहेका छन् । नेपालको कुल जनसंख्याको ४०.३४ प्रतिशत युवाहरुको बसोवास रहेको छ । नेपालको कुल भूभाग मध्ये धेरै क्षेत्रमा ग्रामिण बस्ती रहेको छ । नेपालका ग्रामिण क्षेत्रमा रहेका धेरै मानिस गरिबीको रेखामुनि रहेका छन् । ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तर सुधारका लागि सरकारले विशेष कार्यक्रम तय गर्नु पर्दछ । वर्तमान समयमा देश संक्रमणकालको अन्त्यपछि विकासका सम्भावनाहरु देखिन थालेका छन् ।
रोजगारीको विकास तथा बिस्तारका लागि जे जति प्रयासहरु गरिएका छन् त्यसको प्रतिफल खासै आएको छैन । बेरोजगारी युवाको क्षमता वृद्धि तथा गरिब, जनजाति, अल्पसंख्यक, पिछडिएका वर्गको जीवनस्तर सुधारका लागि युवाहरुलाई नै परिचालन विश्वमा बढदै गहिरहेको औधोगिकरणको सन्दर्भमा नेपालको ग्रामिण विकास अत्यन्तै महत्वपूर्ण सवालको रुपमा रहेको छ । विकासको मूलप्रवाहमा रहेको अथवा गति लिन खोजिरहेको नेपालका लागि ग्रामिण विकास अति महत्वपूर्ण मानिन्छ । विकासका धेरै मोडहरु हुने गर्दछन् । तर विकासलाई सार्थकता दिनको लागि एउटा राज्यले पूर्ण ग्रामिण विकास गर्न सकेको खण्डमा मात्र विकासको मोडलले सार्थकता पाउन सक्दछ । देशको आर्थिक, सामाजिक र राजनीतिक विकास गर्न सकेको खण्डमा विकासले परिर्वतनकारी भूमिका खेल्ने गर्दछ ।
आर्थिक विकास ग्रामिण विकासको प्रमुख पक्षका रुपमा रहेको छ । आर्थिक विकासका लागि प्रमुख कुरा भनेको देशका जनताको जीवनस्तरमा सुधार, रोजगारीको र्सिजना, उद्योग तथा कलकारखाको विकास, साधन र स्रोतको उपयोग तथा जिवन उपयोगी शिक्षाको विकासमा सक्षम रहनु भन्ने बुझिन्छ । आर्थिक विकास कसरी हुन्छ भन्ने कुरा पनि एउटा विशेष महत्वपूर्ण अंशका रुपमा रहेको हुन्छ । आर्थिक विकासका लागि एउटा देशको भूभागमा रहेका जनतालाई आर्थिक उन्नतितर्फ लिनका लागि विशेष भूमिका भनेको सरकार अथवा राज्यको रहन्छ । ग्रामिण भूभागमा रहेका सीमान्तकृत, पिछडिएका वर्ग, महिला, आदिवासी, दलित, जनजाति, तथा गरीब वर्गको समाबेसी सहभागितामा आर्थिक वृद्धितर्फ विशेष जोड दिनु पर्दछ ।
विकाशसिल राष्ट्रका युवाहरुको तुलनामा नेपाली युवाहरुको अवस्था निकै दयनिय रहेको छ । जसले गर्दा युवाहरु राज्यको मूल प्रवाहिकरणमा आउन सकेका छैनन् भने राज्यबाट पनि यथोचितरुपमा युवालाई प्राथमिकतामा राखेको महसुस हुन सकेको छैन । अधिकांश शिक्षित युवाहरु औपचारीक शिक्षा आर्जनपछि खाडी मूलुकमा आफनो श्रम सस्तो मूल्यमा बेच्न बाध्य छन् । तसर्थ राज्यको मूल प्रवाहिकरण भन्दा बाहिर रहेका युवा वर्गलाई लक्षित गरी उनीहरुलाई सामाजिक ,सास्ंकृतिक र राजनीतिक मूलधारमा समाविष्ट गर्नका लागि युवा लक्षित कार्यक्रमको सुरु गर्नु पर्दछ ।
१८ बर्षमुनिका बालबालिका हुन् अथवा ४० बर्ष पूरा भएका प्रौढ । सबैलाई काँधमा बोकेर हिड्ने वर्ग भनेको युवा नै हो । समग्रमा शान्ति, विकास, मानवअधिकार हरेक पक्षसँग युवाको सम्बन्ध जोडिएको हुन्छ । कुनै पनि मूलुकलाई उन्नति वा अवनति कता लैजाने भन्ने हात युवामा हुन्छ । तसर्थ युवाहरुमा सकारात्मक सोचको विकास गराउनका लागि सरकारले विशेष भूमिका निर्वाह गर्नु पर्दछ । जनचेतनाको माध्यमबाट युवाअधिकार, मानवअधिकार, बालअधिकार, महिला तथा लैङ्गिक समानाता, समाजिक समावेशिकारण, वातावरण संरक्षण, समाजिक तथा आर्थिक विकास, न्याय, सुशासन, शान्ति, जनस्वास्थ्य, शिक्षा र सरसफाई र सुशासनको क्षेत्रमा युवा सहभागिताका लागि सरकारले युवाहरुलाई अग्रसर गराउनु पर्दछ ।
वर्तमान नीतिले युवालाई विकास तथा क्षमता वृद्धिका लागि विभिन्न कार्यक्रम तय गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाहरुले पनि युवा लक्षित कार्यक्रम ल्यायका छन् । तर सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालनमा आउन कठिनछ । हिमाली क्षेत्रमा यातायात र सञ्चारको पहुँच नपुग्नु, त्यहाँको स्थानीय भाषाको अभाव हुनु तथा स्थानीय परिचालकको अभावले समस्या पर्ने गर्दछ । त्यसका लागि सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, रहनसहन बुझेको परिचालकको आवश्यकता पर्दछ । त्यसैगरी पहाडी क्षेत्रमा भौगोलिक अवस्था, यातायात र सञ्चारको विस्तार भएपनि व्यवस्थित नहनुजस्ता समस्याहरु उत्पन्न हुन्छन् । त्यसैगरी तराई क्षेत्रमा मातृभाषा र त्यहाँको रहनसहनमा घुलमिल भएका सहकर्मीको आवश्यक पर्ने गर्दछ ।
युवा वर्तमानका साझेदार हुन् । युवाको क्षमता अभिबृद्धि र सशक्तिकरणका माध्यमबाट देशको परिवर्तन र विकास सम्भव छ । शिक्षा, स्वास्थ्य, रोजगार युवाको मौलिक अधिकार हो । सामाजिक, सांस्कृतिक, आर्थिक राजनीतिक हरेक क्षेत्रमा युवाको सहभागिता सुनिश्चित हुनसके मात्र दिगोपन रहन सक्छ । समुन्नत र समृद्ध राष्ट्र निर्मणका लागि योगदान दिनुपर्ने युवा बेरोजगारी, अशिक्षा, आर्थिक अभाव, मानसिक तनाव जस्ता कारणले देश विकासको मूलप्रवाहमा आउन सकिरहेका छैनन् ।
राज्यले विकासका निम्ति योजना बनाई मूलप्रवाहमा युवालाई समेट्नु पर्दछ । विकास र बिस्तारका लागि समाबेसी तवरले योजना कार्यान्वयन गर्नु आवश्यक हुन्छ । ग्रामिण समुदायमा रहेका सम्भाब्यताको सूची बनाइ त्यसको काममा युवाहरुलाई अग्रसर बनाउनु पर्दछ । वातावरण संरक्षणका लागि जनचेतनाका माध्यमबाट विश्वमा बढ्दै गएको जलवायु परिवर्तको असरलाई कम गर्नका लागि युवा नै प्रमुख प्रात्र रहेका छन् । ग्रामिण विकासमा युवाको सहभागिता जति महत्वपूर्ण रहन्छ त्यतिकै मात्रामा युवालाई अग्रसर गराउने कार्य जरुरी हुन्छ ।
विकसित राष्ट्रको तुलनामा नेपालको कुल ग्राहस्त उत्पादन धेरै कम रहेको छ । तर देशको कुल ग्रास्त उत्पादनको वृद्धिको लागि सरकारले युवासँग साझेदारी गरी यसको विकल्पको रुपमा कार्ययोजना तयार गर्नु पर्दछ । युवा वर्तमानका साझेदारी हुन् भने भविष्यका महानायक हुन् । जब विकासको कुरा अगाढि बढाइन्छ तब युवाको क्षमता बिस्तारमा विशेष ध्यान दिन जरुरी छ । नेपालको कर्णाली क्षेत्रको समग्र विकास तथा विस्तारका लागि सरकारले कर्णाली विशेष योजना अघि सार्नुपर्छ । करिव ३८ लाख नेपाली युवाहरु खाडि मूलुकमा वैदेशिक रोजगारीमा रहेका छन् ।
सोही संख्यामा रहेरपनि अभिलेखिकरण नभहेका समेत यी मुलुकमा युवा कार्यरत छन् । देशमा अन्योलको वातावरण सिर्जना भइरहेको अबस्थाले गर्दा पनि यसको असर युवाहरुमा पर्दै गएको छ । नेपालमा २० देखि २४ वर्ष उमेर समूहका ४८ प्रतिशत युवाहरु विभिन्न व्यक्ति तथा समुहबाट प्रयोग भएका छन् । यसरी अरुबाट प्रयोग भएका युवाहरु गलत काम वा हिंसामा फस्ने सम्भाबना बढी नै हुन्छ । करिव २७.८७ प्रतिशत युवाहरुले मात्र सीपमूलक छोटा र लामा अबधिका तालिम प्राप्त गरेका छन् । जसरी युवाहरुलाई सक्षम र रोजगार बनाउने भनेर बिभिन्न संघ संस्था र नेपाल सरकारले दिइएको छ । तालिम दिँदैमा युवाहरु सक्षम भइसके भनेर चुप लागेर बस्नु भन्दा उनीहरुले के गरिरहेका छन् भन्ने कुरामा समेत थप अध्ययन गर्नु जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies