२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

विद्यालय सुधार योजना कार्यान्वनय गर्छौं : मुख्यमन्त्री आचार्य

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर ३० गते २१:१६
विद्यालय सुधार योजना कार्यान्वनय गर्छौं : मुख्यमन्त्री आचार्य

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्क नगरपालिका–९ रहिसचौरस्थित अर्घा रजस्थल माध्यमिक विद्यालयको स्वर्णजयन्ती महोत्सवको उद्घाटन गरेका छन्  । भब्य कार्यक्रमकाबीच मुख्यमन्त्री आचार्यले स्वर्णयन्ती महोत्सवको उद्घाटन गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन विद्यालय सुधार योजनालाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिए  । ‘एक्लो प्रयासले मात्रै शैक्षिक गुणस्तर बढाउन सकिँदैन । यसका लागि चौतर्फी सहकार्य र साझा प्रयासको खाँचो पर्दछ’उनले भने,‘विद्यार्थीलाई उत्प्रेरित गर्ने, अभिभावक जागरुक हुने, शिक्षक तथा विद्यालय परिवार उत्साहित भएर विद्यालय सुधार योजनालाई प्रभावकारी कार्यान्वयनमा जुट्न जरुरी छ ।’ 

अर्घा रजस्थल माध्यमिक विद्यालयलाई यहाँसम्म ल्याइपुर्‍याउन धेरैको योगदान र भूमिका रहेको स्मरण मुख्यमन्त्री आचार्यले गराए । ‘यो विद्यालयलाई यहाँ सम्म ल्याइ पुर्‍याउने धेरै अग्रजहरु हुनुहुन्छ । कति त दिवंगत हुनुभयो, उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु’उनले भने,‘विद्यालयलाई अघि बढाउन अझैँ क्रियाशिल रहनुभएकाहरुप्रति हार्दिक धन्यवाद भन्न चाहन्छु ।’ 

विद्यालय सञ्चालन गर्दा शिक्षकहरुलाई तलव खुवाउन नसक्ने अवस्थाबाट पार पाउँदै आजको अवस्थामा आइपुग्दाको क्षणको स्मरण गरेका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विद्यालयको शैक्षिक उन्नयनका लागि सक्दो सहयोग पर्ने प्रतिबद्धता व्यक्त गरे । ‘विद्यालय सञ्चालन गर्दा पठनपाठन गराउने गुरुहरुलाई तलव खुवाउन समस्या थियो । भैलो खेलेर जम्मा गरेको रकमबाट तलव खुवाइन्थ्यो’उनले विगत सम्झदै भने,‘अहिले विद्यालय विशाल भएको छ । जस्तो सोचेका छौं, विद्यालयलाई त्यहाँसम्म पु¥याउन जरुरी छ ।’ स्वर्णजन्तीको अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालय परिसरभित्र स्मारिका मञ्चको शिलान्यास समेत गरेका छन् । यो विद्यालयमा मुख्यमन्त्री आचार्यले अक्षरारम्भ गर्दै कक्षा पाँचसम्म अध्ययन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise