राजेश्वरी/मध्यान्ह
काठमाडौं : काठमाडौ उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालयले अस्थायी रूपमा गुह्ेश्वरीस्थित ढलको पानी प्रशोधन केन्द्रबाट प्रशोधित पानी बागमतीमा बगाउने काम सुरु गरेको छ ।
आयोजनाको रिक्वाइरमेन्ट अनुसार, गुह्ेश्वरी प्रशोधन पूर्ण रूपमा निमार्ण भइसकेको छ । तर यो प्लान्टलाई चाहिने १ वाट क्षमताको बिजुली त्यहीबाट उत्पादन हुन्छ । ग्यास पनि उत्पादन हुन्छ र ग्यास इन्जिनले बिजुलीको रूपमा परिणत गर्छ । त्यही बिजुली त्यहाँ सर्कुलेट गरेपछि गुह्ेश्वरी प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालन गरिने काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर किशोर पन्थीले मध्यान्हलाई जानकारी दिए । त्यसका लागि अझै एक महिना जति समय लाग्ने छ ।
यो आयोजना बागमती सभ्यताको पुरानो योजना हो । त्यसमा १ करोड ६२ लाख लिटर प्रतिदिन प्रशोधन गर्ने क्षमताको प्रशोधन केन्द्र थियो । त्यसले अब बाहिरबाट ढल धेरै आएपछि काम गर्न छोडेको र त्यसलाई पनि सुधार गर्ने र अर्का थप १ करोड ६२ लाख लिटरको प्रतिदिन क्षमताको प्रशोधन केन्द्र निर्माण गर्न लक्ष्य आयोजनाको थियो ।
योसँगै गुहेश्वरीमा १ करोड ६२ लाख लिटर क्षमताको दुइटा प्रशोधन केन्द्र छन् । दुवै केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि नदीमा ३ सय ७५ लिटर प्रतिसेकेन्ड पानी बागमतीमा बग्नेछ ।
गोकर्णेश्वरको ब्यारेजदेखि तल र गौशालादेखि माथिका क्षेत्रमा बग्ने ढललाई गुह्ेश्वरीमा ल्याएर ट्रिटमेन्ट गर्ने र त्यसपछि बागमतीमा छाड्ने योजनाअनुरूप प्रशोधन केन्द्र निर्माण भएको हो । यसले नदीको बहाव र वातावरणीय स्वच्छता कायम गर्ने ठानिएको छ ।
निर्देशनालयका इन्जिनियर पन्थी भन्छन्– बागमतीमा बग्ने पानी कम भएको र ढल बग्ने क्रम तीव्र रूपमा वृद्धि भएका कारण ढललाई ३ स्टेप अगाडि ल्याएर ढल प्रशोधन गरिनेछ ।
पहिले प्रशोधन गरेको पानी गुहेश्वरी ट्रिटमेन्ट टनेलबाट बाइपास गरेर तिलगंगामा बगाइएको थियो भने अहिले प्रशोधन गरेको पानी बागमती नदीमा खसालिएको हो । प्रशोधन केन्द्र साढे दुई वर्षमा निर्माण सम्पर्ण गर्ने लक्ष्यसहित ठेक्का पाएको इण्डियन कम्पर्नी भिएटेक आबकले २०७३ साउनबाट काम थालेको हो । तर ढिलासुस्तीका कारण समयमै काम नसकिएपछि डेढ वर्ष म्याद थपिएको थियो ।
अहिले बाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमती, धोवीखोला, बल्खु र नख्खुमा प्रशोधन केन्द्र निर्माण गरिरहेको छ भने भक्तपुरको खस्याङखुसुङ खोला, हनुमन्ते खोला, मनोहरा खोलामा प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुहेश्वरीमा जस्तै भक्तपुर नगरपालीकाको र सुर्य्विनायक नगरपालीकाको केही ढल १ करोड ४० लाख लिटर ढल प्रशोधन गरेर हनुमन्ते खोलामा छोडिनेछ । जसले गर्दा खोलाको बहाव कायम हुनेछ ।
त्यहाँ बाट सङ्कलन हुन नसकेको ढल मनोहरासहित बालकुमारीमा १ करोड ७५ लाख लिटर प्रतिदिन क्षमताको ढल प्रशोधन हुनेछ । त्यहाँबाट पनि प्रशोधन गर्न नसकेको ढल धोबीघाटमा जान्छ र ३ करोड ७० लाख का दुई ओटा ट्रिटमेन्ट प्लान्ट रेहेको छ । त्यहाँ प्रशोधन हुनेछ । गुह्ेश्वरीबाहेक अन्य ठाउँमा प्रशोधन केन्द्र निर्माण भइरहेको इन्जिनियर पन्थीले मध्यान्हसँग बताए ।
गोठाटार, जोरपाटी, चावहील, मित्रपार्क, गौरीघाट र गौशालाका ढल नदीका दुई किनारा भएर बग्दै आएर ‘इनलेट’ जम्मा हुन्छ । त्यसपछि पानी ‘ग्रिट च्याम्बर’ मा जान्छ । च्याम्बरले पानीमा भएको प्लास्टिक, बोरा, र ठूला ठोस वस्तु छान्छ । त्यसपछि बल्ल पानीको थिग्रिने प्रक्रिया सुरू हुन्छ ।
यसका लागि ‘सेडीमेन्टेसन’ ट्यांकीको व्यवस्था गरिएको छ । सेडीमेन्टेसनमा तीन वटा ट्यांकी निर्माण गरिएको छ । पहिलो एरेसन ट्यांकीमा भएका जीवाणुलाई अक्सिजन दिएर जीवित राखिन्छ । ती जीवाणुले पानीमा रहेको फोहोरको लेदो खाएर एकै ठाउँ जम्मा पार्छन् जसले गर्दा पानीको कालो पनि घट्छ ।
त्यसपछि पहिलो ट्यांकीबाट पानी दोस्रोमा खस्छ । यसमा मसिनोे, हिलो माटो थिग्रिन्छ । त्यसपछि पानी तेस्रो ट्यांकीमा जान्छ जहाँ आइपुग्दा पानी सफा भइसकेको हुन्छ ।
सेडीमेन्टेसन ट्यांकीको प्रक्रिया सकिएपछि पानी ‘डिस्क फिल्टर’मा जान्छ । डिक्स फिल्टरबाट पानी क्लोरिनाइजेनको लागि क्लोरिन ट्यांकीमा जान्छ । जहाँ टर्चरी प्रणालीबाट पानीको शुद्धीकरण गर्न क्लोरिन प्रयोग गरिन्छ । नुनबाट क्लोरिन बनाउने प्रणाली प्रशोधन केन्द्रभित्रै छ । क्लोरिनाइजेनले पानीमा भएको हानिकारक किटाणुहरूलाई नाश गर्छ । क्लोरिन हालेपछि पानी आधा घन्टासम्म त्यति कै बस्छ । त्यसपछि मात्र बल्ल प्रशोधित पानी बागमतीमा खस्छ ।
प्रशोधन केन्द्र निर्माण गर्नका लागि अधिकार सम्पन्न बागमतीले ७० रोपनी जग्गा दिएको हो । २ अर्ब ५५ करोड रूपैयाँ लागतमा बनिरहेको केन्द्र यो प्रशोधन केन्द्र जसले डिजाइन गरेको हो उसले बनाउने र १० वर्ष सम्म सोही कम्पनीले सञ्चालन गर्न पाउने छ ।
इन्जिनियर किशोर पन्थिका अनुसार प्रशोधन केन्द्रबाट निस्किने पानी पूर्ण रूपमा खान, नुहाउन भने मिल्ने छैन । तर जलचर माछा, भ्यागुता भने त्यहाँ खेल्न पाउँनेछन । प्रशोधन केन्द्रबाट ग्यास, बिजुली र प्रतिदिन ७ टन मल निस्कने छ ।
सर्वसाधारण जनताले लुकाएर सेप्टी ट्याङकीको ढल मिसाउने गरेको र सर्वसाधारण जनतालाई त्यहाँ नछोडन आग्रह गरेका छन् । पशुपतिमा दर्शन गर्न आउने भक्तजनहरलाई जथाभावी रूपमा फुलपाती नफ्याक्न आग्रह गरेका छन् । यो एउटा नमूनाको रूपमा बनेको छ । यसलाई आफुहरूले गर्वको रूपमा लिएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies