२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

shivam cement
२०८२ साउन १३ गते १५:५५
Shares
दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफूले पदबाट राजीनामा नदिने बताएका छन् ।

बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफू विरुद्धको अविश्वास प्रस्ताव मतविभाजनबाट बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामाले दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुनपर्ने र नदिने बताए । 

“संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन,” उनले भने, “सरकार एउटा पाटो हो, संसदीय दल अर्काे पाटो हो । मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, त्यसैले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण छैन ।”

आफूविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि दलको नेता रिक्त भएकाले नेता चयन प्रक्रिया अब सुरु हुने उनले बताए । 

सम्बन्धित खबर