२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

जनकपुरधाममा खुकुरी प्रहार गरी किशोरीको हत्या

shivam cement
२०८२ साउन १३ गते १६:२७
Shares
जनकपुरधाममा खुकुरी प्रहार गरी किशोरीको हत्या

जनकपुरधामः जनकपुरधाम–४ स्थित एक डेरामा गएराति भएको खुकुरी आक्रमणमा एक किशोरीको मृत्यु भएको छ । मृतककी आमा र भतिजी गम्भीर घाइते भएका छन् । घटनामा संलग्न आरोपित फरार रहेको प्रहरीले बताएको छ । 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहले जनकपुरधामस्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरी बस्दै आएकी अञ्जलीकुमारी यादवको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना राति करिव साढे ११ बजे भएको हो ।

प्रहरीकाअनुसार घटनास्थलमै अञ्जलीको ज्यान गएको थियो भने उनको आमा आशा देवी यादव र १४ वर्षीया भतिजी राधा यादव गम्भीर घाइते भएका छन् । दुवैलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । 

आरोपी साह यसअघि आफ्नै श्रीमतीको हत्या आरोपमा पाँच वर्ष जेल सजाय भोगी छुटेका व्यक्ति रहेको प्रहरी श्रोतले जनाएको छ । अहिले फरार रहेका आरोपी साहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
 

सम्बन्धित खबर