२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

संघ कार्यसमिति सदस्य खड्का एसोसिएसन प्रवेश

shivam cement
२०८२ साउन १२ गते ०६:२०
संघ कार्यसमिति सदस्य खड्का एसोसिएसन प्रवेश

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले सल्लाहकारहरूलाई सम्मान गरेकोे छ । गत वैशाख १० गते एसोसिएसनले व्यवसायीहरू दानबहादुर बुढाथोकी, अम्बिका शर्मा, ख्यामनारायण पौडेल, दिलबहादुर धिताल, श्यामप्रसाद श्रेष्ठ र त्रिलोकचन्द विश्वासलाई सल्लाहकार चयन गरेकोे थियो ।

नेपाली कांग्रेसको मूल्यमान्यतामा अडिग रही एसोसिएसनलाई गरेको योगदानस्वरूप आइतबार एक संक्षिप्त कार्यक्रम राखी उनीहरूलाई सम्मान गरिएको एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरीले जानकारी दिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गत निर्वाचनमा एसोसिएसनबाट सिफारिस गरिएका आधिकारिक उम्मेदवारहरूलाई जिताउन सल्लाहकारहरूको योगदानको उच्च मूल्यांकन गरिएको एसोसिएसनले जनाएको छ ।

त्यस्तै, एसोसिएसनमा प्रवेश गरेकी नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमिति सदस्य रमा खड्कालाई एसोसिएसनले सदस्यता प्रदान गरेकोे छ । संघको गत निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको सिफारिसमा उम्मेदवार बनेर विजयी भएकी खड्का रियो ओभरसिज प्रालिकी सञ्चालिका हुन् । उनले संघको निर्वाचनमा ३ सय ८८ मत पाएकी थिइन् । व्यवसायी खड्काले नेपाली कांग्रेसको मूल्यमान्यता र आदर्शप्रति प्रतिबद्ध भई कांग्रेसको शुभेच्छुक संस्था एसोसिएसनको सदस्यता लिएको बताएकी छन् । 

एसोसिएसनले कार्यसमिति सदस्य रबिन मेघाले मगरले दिएको राजीनामा स्वीकृत गरी रिक्त सदस्य पदमा व्यवसायी जयहरि गोइतलाई नियुक्त गरेको छ । मगर केही दिनअघि संघको कार्यसमिति सदस्यमा नियुक्त भएका थिए । एसोसिएसनको आइतबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको कार्यवाहक महासचिव पुरीले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise