२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा १६ विद्यार्थीलाई शैक्षिक सामग्री तथा कपडा वितरण 

shivam cement
युवराज पुन
२०८१ पुष ४ गते १०:४३
अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा १६ विद्यार्थीलाई शैक्षिक सामग्री तथा कपडा वितरण 

सुनवल : अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा रामग्राम नगरपालिकाले स्थानीय १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । 

बुधवार रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवको अध्यक्षतामा नगरपालिका उपप्रमुख सम्झना चौधरीको विशेष आतिथ्यतामा रामग्राम नगरपालिकाको सभाहलमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२४ को अवसर पारी बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका, अंगभंग भएका, लामो समयसम्म सम्पर्कमा नआएका तथा नेपाल सरकारबाट क्षतिपूर्ति नपाएका परिवारका १६ जना विद्यार्थीलाई प्रोत्साहनस्वरुप सैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा रेडियो परासीका प्रबन्धक मेघराज गौतमले बैदेशिक रोजगारीमा जाने युवाहरू गन्तव्य देशको नियम, कानुन र वातावरणको बारेका पूर्ण जानकारी नपाएर जाने हुनाले धेरै दु:ख पाउने गरेको बताए । उनले आम नागरिकहरूलाई पनि यसतर्फ सजग रहन आग्रह गर्दै सबैकुरा बुझेर र सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह गरे । आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीलाई यस्तो सहयोगले उनीहरूमा थप हौसला बढ्ने उनको विश्वास थियो । 

पालिकाका रोजगार शाखा संयोजक सुमन ज्ञावालीले नवलपरासी जिल्लामा ७ पालिका भएको तर यस्तो कार्यक्रम रामग्राममा मात्र भएको भन्दै सबै पालिकामा भईदिएको भए सबै पालिकाका पीडित विद्यार्थीहरूले राहत महसुस गर्ने बताए । 

कार्यक्रममा उपमेयर चौधरीले बैदेशिक रोजगारमा जाँदा वैधानिकरुपले श्रम स्वीकृति लिएर मात्र जान आग्रह गर्दै विदेशमा कसरी सुरक्षित भएर काम गर्न आग्रह गरिन् । उनले कसैको मृत्यु अथवा अंगभंग भएमा नेपाल सरकारबाट के कसरी क्षतिपूर्ति पाइन्छ भन्नेबारे पनि जानकारी हुन आवश्यक रहेको बताइन् । 

कार्यक्रममा  नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष  केशवराज पराजुली, आप्रवासी परिवार हकहित मन्च जिल्ला अध्यक्ष रामु भुसाललगायतले मन्तव्य राखेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise