२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

स्वास्थ्य मन्त्री पौडेलद्वारा वैद्यखानाको अनुगमन

shivam cement
२०८१ पुष ४ गते १५:५९
Shares
स्वास्थ्य मन्त्री पौडेलद्वारा वैद्यखानाको अनुगमन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन् । वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे बिहीवार अनुगमन गर्दै मन्त्री पौडेलले वैद्यखानाका कर्मचारीहरुलाई भने, ‘बजारमा वैद्यखानाको औषधिको माग छ, उत्पादन बढाउनुस् ।’

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएकाले आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिए । ‘बजारमा बिक्ने चिज हामी किन उत्पादन गर्न सक्दैनौँ ? आवश्यक बजेट अभाव हुन दिन्नौँ । तर, उत्पादन बढाउनुस्,’उनले भने ।

कर्मचारीहरूले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि वैद्यखानाका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउने रकम सरकारले दिन नसक्ने बताए । 

सम्बन्धित खबर