अर्घाखाँची : रुपन्देहीको मर्चबारी गाउँपालिकामा पछिल्लो समय विकासले गति लिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई आएसँगै विकासले गति लिन थालेको हो । उनी आफ्नो कार्यसम्पादनलाई उत्कृष्ट बनाउन तल्लिन छन् । हरेक काम सुशासनमैत्री तवरबाट अगाडि बढाउने कर्मचारीको रुपमा चिनिएका भट्टराई रुपन्देहीमा उत्कृष्ट कार्यकारी हुन् ।
२५ वर्ष अगाडि निजामती सेवामा प्रवेश गरेका उनी अहिले मर्चबारी गाउँपालिकामा आफ्नो प्रशासनिक कार्य अगाडि बढाइरहेका छन् । जनताको समस्या र आवश्यकताको मर्म बुझेर हरेक कार्य गर्न राज्यले निर्धारण गरेको समयभन्दा पनि बढी समय उनी गाउँपालिकाको काममा बिताउँछन् ।
उनी गाउँपालिकामा आएपछि प्रशासनतर्फका गतिविधिहरू थप पारदर्शी ढंगबाट अगाडि बढिरहेको छ । यस्तै काम गर्न पनि सजिलो भएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बताउँछन् । सहयोगी भावनाका भट्टराई त्यही क्षेत्रमै जन्मिएर लामो समय बिताएका कारण उनी पालिकाको बारेमा धेरै विज्ञ पनि देखिन्छन् । जसले गर्दा धेरै गाउँपालिकाहरुमा सफल पनि भएका भट्टराई अनुशासित कुसल अधिकृत हुन् ।
मर्चबारी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को कृषि तथा पर्यटन प्रवद्र्धन रोजगारी र पूर्वाधारको विकासको साथै उत्पादनमुखी आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान गरिबी असमानता तथा बेरोजगारीको अन्त्य गर्ने उद्देश्य राखेको छ । सोही अनुसार कामहरु अगाडि बढेको अधिकृत भट्टराई बताउँछन् ।
पालिकामा सुशासन कायम गर्न संघ, प्रदेश र स्थानीय तहले मार्गदर्शन गरेका कुराहरूको अनुशरण गरी उनले खरिद प्रक्रिया पारदर्शिता र प्रभावकारी ढंगबाट अगाडि बढाएका छन् । जनताका चाहनाहरू, गुनासाहरू सुन्नका लागि गुनासा पेटिकाहरू, सूचना अधिकारीहरूको पनि व्यवस्था गरी प्रत्यक्ष जनतामाझ पुगेर कार्य गरिरहेको छन् ।
अहिले राज्य पुनर्संरचना र राज्यमा संघीयता कार्यान्वयनमा आएसँगै धेरै अधिकारहरू स्थानीय तहलाई आइसकेको अवस्थामा विभिन्न विचारधारा लक्ष्य लिएर आएका नयाँ जनप्रतिनिधिहरूसँग छलफल भइ सही प्रस्तावहरू सर्वसम्मत रुपमा अगाडि बढाइ आर्थिक, सामाजिक र पूर्वाधार विकासतर्फ पालिकाको काम तीव्र गतिमा अगाडि बढाइरहेको भट्टराईले दाबी गरे ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका भट्टराई कम समयमै मर्चबारी बासीहरूको सार्वजनिक समस्या पूरा गर्न लागि परिरहेका मात्रै छैनन् काम समेत गरेर दखाएका छन् । यसले पालिकामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कर्मचारीहरु बताउँछन् । उनी गाउँपालिकामा आएदेखि कार्यसम्पादनमा देखिने चुनौतीका बाबजुद पनि विवादरहित काम गरी उदाहरणीय बन्न सफल भएको स्थानीयको भनाइ छ ।