सन्धिखर्क : अर्घाखाँचीमा पछिल्लो पाँच महिनामा ३ हजार ८१ जनाले जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा सामान्य सिफारिसतर्फ ३ हजार १४ जना र द्रुत सेवा सिफारिसतर्फ ६७ जना गरी ३ हजार ८१ जनाले राहदानी बनाएका छन् ।
यस तथ्यांक अनुसार जिल्लामा दैनिक २५ जना भन्दा बढीले राहदानी बनाउने गरेका छन् । पछिल्लो समय दैनिक २५–३० जनाको हाराहारीमा सेवाग्राही राहदानीका लागि कार्यालय आउने गरेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए ।
केही युवा पिँढी अध्ययनका लागि पछिल्लो पाँच महिनामा ३ हजार ८१ जनाले राहदानी बनाएका छन् । तथ्यांक अनुसार पाँच महिनाको अवधिमा सामान्य सिफारिसतर्फ ३ हजार १४ जना र द्रुत सेवा सिफारिसतर्फ ६७ जना गरी ३ हजार ८१ जनाले राहदानी बनाएका छन् ।
यो तथ्यांक अनुसार जिल्लामा दैनिक २५ जना भन्दा बढीले राहदानी बनाउने गरेका छन् । पछिल्लो समय दैनिक २५–३० जनाको हाराहारीमा सेवाग्राही राहदानीका लागि कार्यालय आउने गरेका प्रशासकीय अधिकृत पन्थीले बताए ।
मंसिरमा मात्रै सामान्य सिफारिसतर्फ ४ सय ६४ र द्रुत सेवा सिफारिसतर्फ १५ गरी ४ सय ७९ जनाले राहदानी बनाएको अधिकृत पन्थीले बताए ।