२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

लुम्बिनीमा नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम शुरु

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ असार ८ गते १६:२१
लुम्बिनीमा नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम शुरु

बुटवल : लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले सञ्चालन गरेको ४ दिने नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम शुरु भएको छ । शनिबार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले कार्यक्रमको उद्घाटन गरे ।

युवा परिषद्ले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि वार्षिकरुपमा नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ । युवा परिषद्को कार्यविधिअनुसार पहिलो चरणमा स्थानीय तहमा नगर/गाउँ सभाको अभ्यास गराइन्छ । नगर/गाउँबाट छनोट भएका युवाहरुलाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराइने प्रदेश युवा परिषद्का उपाध्यक्ष गाेविन्दबहादुर बस्नेतले बताए । उपाध्यक्ष बस्नेतले नमुना युवा प्रदेश सभा अभ्यास गरिसकेपछि त्यहाँबाट छनोट भएकालाई तेस्रो चरणमा संघीय तहमा सहभागी गराइने बताए ।

प्रदेशका १२ वटा जिल्लाका पालिकामा नमुना युवा गाउँ/नगर सभा सञ्चालन भएपछि पालिकाबाट सिफारिस भइ आएका ४३ जनाको सहभागितामा युवा प्रदेश सभा अभ्यास कार्यक्रम शुरु भएको हो । ४ दिन चल्ने अभ्यासका क्रममा १६–२४ वर्षका युवाहरुलाई नमुना युवा प्रदेश सभा अभ्यासका विभिन्न सत्रमा सामाजिक विकास मन्त्रालयका सचिव विनाेदकुमार खड्का, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक इन्द्रजित थारु, प्रकाश उपाध्याय, डम्बर खराल, सराेज खनाललगायतले शासकीय स्वरुप र राज्य सञ्चालनकाे प्रक्रिया, प्रदेश सभामा कानून निर्माणकाे प्रक्रिया, सभामा पेस गरिने विधेयक, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच अन्तर सम्बन्धलगायतका विषयमा बहस तथा छलफल गरिने कार्यकारी सदस्य सराेज खनालले बताए ।

लुम्बिनी प्रदेश युवा परिषद्का उपाध्यक्ष गाेविन्दबहादुर बस्नेतकाे अध्यक्षता, कार्यकारी सदस्य सराेज खनालको सञ्चालन र डम्बर खरालकाे स्वागत मन्त्वयमा सम्पन्न उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालयका सचिव विनाेद कुमार खड्का, मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, दिवकार भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise