काठमाडौं : सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो । वार्षिकोत्सवको अवसरमा मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले आफूहरु जहिलेपनि प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित रहेको बताए । १४औं वार्षिक उत्सवको अवसरमा इसेवाले आज बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।
जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा १४० क्यासब्याक, बिहान १० देखि ११ बजेसम्म संचालन हुने डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हिरा उपहार र ११ देखि १२ बजेसम्म संचालन हुने मुभि आवरमा मुभी टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट पाइनेछ ।
यस्तै, १ देखि २ बजेसम्म संचालन हुने भौचर मेला आवरमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिने, २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने अवधिमा मोबाईल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने इसेवाले जनाएको छ ।
यस्तै, ३ देखि ४ बजेसम्म संचालन हुने मेरो शेयर अफरमा ग्राहकले ५० रुपैयाँसम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । इसेवाले आफ्नो वार्षिक उत्सवको अवसरमा छात्रवृत्ति कोष समेत सञ्चालन गरेको छ । यसको राशी र प्रक्रियाका विषयमा केही समय पछि एक कार्यक्रम मार्फत जानकाारी गराउने इसेवाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies