२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री शाह

भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् ।

Nada
२०८३ मंसिर ७ गते १९:१४
Shares
दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौं : भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको टोलीसहित हिजो नयाँदिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटघाट, छलफल तथा सम्झौता र सहमतिसम्बन्धी कार्यक्रम सम्पन्न गरी उनी आज स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले बिदाइ गरेका थिए ।

मोदीलाई दिए धन्यवाद
भारतको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भ्रमणका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक गर्दै भारतीय समकक्षी मोदीप्रति आभार व्यक्त गरेका हुन् ।

भारतको औपचारिक भ्रमणका क्रममा भएका भेटघाट तथा आतिथ्यका लागि उनले धन्यवाद दिएका हुन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर