२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

तीन जिल्ला बौद्ध सर्किट र सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्छौं : मुख्यमन्त्री आचार्य

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष ६ गते २०:३५
तीन जिल्ला बौद्ध सर्किट र सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्छौं : मुख्यमन्त्री आचार्य

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन् । 

रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्नेगरी सरकारले अवधारणा अघि सारेको बताए । 

प्रदेश सरकारले बृहत लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिने मुख्यमन्त्री आचार्यले बताए  । ‘प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउछ । तिलौराकोट देखि नवलपरासीको रामग्राम सम्मका सम्पदाहरुलाई जोड्नेगरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ’उनले भने,‘लुम्बिनी आउने पर्यटकलाई एक अर्कासँग जोड्नेगरी यो अवधारणा हामिले अघि सारेका हौं । बृहत् रुपमा लुम्बिनी सर्किटको अवधारणा छ ।’ 

पर्यटकीय स्थलहरुलाई नवीतम रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नेगरी अघि बढाउन आवश्यक रहेको मुख्यमन्त्री आचार्यको दाबी छ  । पार्कहरुमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामाग्रीको प्रयोग गरेर कलात्मक आकृति तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्ने बताए । ‘यहाँको पार्कमा जुन कलात्मक सृजना देखियो । अन्य पार्कहरुमा पनि यहाँको सिकाई हस्तान्तरण गर्न जरुरी छ । हाम्रा पार्कहरुमा संक्रिट मोह बढ्दै गएका छन् । त्यसलाई निरुत्साहित गर्न जरुरी छ’मुख्यमन्त्री आचार्यले भने, ‘काठ र स्थानीय सामग्रीको प्रयोग गरेर आकृति बनाउन जरुरी छ । यसमा प्रदेश सरकारले पनि पहल लिन्छ ।’

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण देखि कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लागेको मुख्यमन्त्री आचार्यले बताए । 

बर्दियमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेको बत(ाउँदै अब देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न प्रचारप्रसार अभियानलाई तिब्र पार्न आह्वान गरे  । ‘देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न जरुरी छ’उनले भने,‘यसका लागि समुदायको सक्रियता, तपाईंहरुको सक्रियता बढ्न जरुरी छ ।’ सामुदायिक वन क्षेत्रभित्र बुद्ध राष्ट्रिय उद्यान निर्माण हुँदा एउटा पर्यटकीय गन्(तब्य बन्न सफल भएको समेत उनले बताए ।

बुद्ध सामुदायिक वन उपभोक्ता समुहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठबाट विभिन्न आकृति निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार सात सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन वि.सं. २०५६ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भएर अघि बढेको सामुदायिक वनमा अहिले चार हजार ९ सय ९३ उपभोक्ता प्रत्येक्ष जोडिएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise