२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

'विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावी योजनामा प्रदेश सरकारको साथ रहन्छ'

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ पुष ७ गते १२:०३
'विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावी योजनामा प्रदेश सरकारको साथ रहन्छ'

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका–१० मा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयले हासिल गरेका उपलब्धिले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको बताएका छन् । विद्यालयले आइतबार आयोजना गरेको ६४औं वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कालिका विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धिहरु प्रदेशका अन्य  विद्यालयहरुका लागि बलियो सिकाइ केन्द्रको रुपमा लिनुपर्ने बताए ।

‘यस विद्यालयले सबै क्षेत्रमा उत्कृष्टता हासिल गरेको छ । यसबाट अन्य विद्यालयहरुले सिक्न जरुरी छ,’ विद्यालयको प्रशंसा गर्दै उनले भने, ‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावी योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हासिल गरेका उपलब्धिले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’ 

बहुआयामीक क्षेत्रमा विद्यालयले हासिल गरेका उपलब्धिहरु शैक्षिक विकासका लागि बलियो स्रोत बन्नेमा मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे । ‘रिजल्टको हिसाबले भन्नुस् या अतिरिक्त क्रियाकलापको हिसाबले भन्नुस् यो विद्यालय देशमै नमुना छ । यहाँबाट उत्पादन भएका विद्यार्थीले जस्तोसुकै प्रतिस्पर्धामा पनि सफलता प्राप्त गरेका छन्,’ उनले भने, ‘विद्यार्थी, शिक्षक, अभिभावक एवम् सिंगो समुदायले गरेको मिहिनेतको प्रतिफल हो ।’

वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित छ । विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको हो । मूल समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

सो अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालयको मुखपत्र २०८१ पनि विमोचन गरे । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले वार्षिक प्रगति विवरण प्रस्तुत गरेकाे कार्यक्रमको सहजीकरण सुदर्शन रेग्मीले गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise