अर्घाखाँची : राष्ट्रिय सेवा दल(एनसीसी) अन्तर्गत देशभरका ११ जिल्लाका १५ विद्यालयमा गुल्मीको बाझकटेरी मेघगंगा माध्यमिक विद्यालय प्रथम भएको छ । देशभरमा उत्कृष्टता हासिल गरेपछि विद्यार्थीलाई सन्धिखर्कमा रहेको छाँया हस्पिटल प्रालिले सम्मान गरेको हो । आफ्नो जन्मस्थानको विद्यालयले देशभरमै प्रथम स्थान गर्ने गरी उत्कृष्टता प्राप्त गरेपछि विद्यार्थीलाइ सम्मान गरिएको छाँया हस्पतालका सञ्चालक समाजसेवी दलबहादुर केसीले बताए ।
विद्यालयमा ७९ दिनको तालिम पश्चात गुल्मी, पाल्पा, तनहुँ, कास्की, लमजुङ, बाग्लुङ, काठमाडौं, धादिङ, नुवाकोट लगायतका ११ जिल्लाका १५ विद्यालयको सहभागीता रहेको थियो । ११ जिल्लाका १५ विद्यालयबीच भएको प्रतियोगितामा यस विद्यालयले उत्कृष्टता हासिल गरेको हो ।
आफुले अध्ययन गर्ने समयमा राम्रो विद्यालय नरहेको र अहिले सोही स्थानमा रहेको विद्यालयमा अध्ययन गरेका विद्यार्थी निजामती सेवा, लोक सेवा, शिक्षक सेवामा राम्रो प्रगती गरिरहेका थिए । अस्पतालका प्रमुख केसीले एनसीसीमा पनि उत्कृष्टता हासिल गरेकोमा विद्यालय परिवार र विद्यार्थीलाइ धन्यवाद दिए ।
विद्यार्थीहरुलाई वरिष्ठ समाजसेवी दल बहादुर केसी र वरिष्ठ सर्जन डाक्टर प्रदिपजंग केसीले अस्पतालको सभाहलमा टिका र खादाले सम्मान गरेका थिए ।
पहिले बाझकटेरी माध्यमिक विद्यालय रहेकोमा समाजसेवी केसीले आफ्नो भाईको सम्झनामा विद्यालयमा चन्दा दान गरेर विद्यालयको नाम परिवर्तन गरी बाझकटेरी मेघगंगा माध्यमिक विद्यालय बनाएका थिए ।
अर्घाखाँचीको सन्धिखर्क १ शान्ति बगैंचा पुलचोकमा रहेको छाँया अस्पतालमा सिटीस्क्यानसहितको विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ । सिटी स्क्यानका लागि बुटवल, भैरहवा र काठमाडौं जानुपर्ने बिरामी तथा घाइतेहरुको बाध्यता हटेको छ । सन्धिखर्कमै सिटीस्क्यान सेवा सञ्चालन भएपछि स्थानीयहरु खुशी भएका छन् । अर्घाखाँची जिल्ला मात्रै नभइ गल्मी, प्यूठानका बिरामी उपचारका लागि छाँया अस्पतालमा आउँछन् ।