२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

अर्घाखाँचीका ग्रामीण इलाकामा प्रहरीको गस्ती

Nada
सूर्यप्रसाद भुसाल
२०८१ पुष ७ गते २१:०२
Shares
अर्घाखाँचीका ग्रामीण इलाकामा प्रहरीको गस्ती

अर्घाखाँची  ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न प्रहरीले ग्रामीण इलाकाहरुमा  गस्ती सुरु गरेको छ । गाउँ ठाउँमा प्रहरीको उपस्थिति कम हुँदा आपराधिक गतिविधि बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गाउँ लक्षित गरेर गाउँ–गाउँमा नेपाल प्रहरीको टोली खटाएर गस्ती सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ncell

अर्घाखाँची जिल्लाका सबै ठाउँमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय  ठाडा खनको मातहतका सबै युनिटहरुबाट ग्रामीण क्षेत्रमा गस्ती सुरु गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

विगतका वर्षहरुमा दशैं, तिहार तथा छठ जस्ता ठूला पर्वलाई लक्षित गरेर ग्रामीण ईलाकामा गस्ती सुरु हुने गरेको रहेछ । अहिले मैले यस कार्यालयको जिम्मेवारी सम्हालेपछि प्रहरीको गस्ती बढाएको छु’ प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले  भने, ‘यसले गर्दा दूरदराजमा प्रहरीको उपस्थिति बढ्नुका साथै जनताले शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छन् ।’ उनका अनुसार आपराधिक घटना न्यूनीकरण, लागुऔषध नियन्त्रण, महिला तथा घरेलु हिंसा न्यूनीकरण र जनचेतनामूलक कार्यक्रम गर्न प्रहरीको गस्तीले सजिलो बनाएको छ ।

‘स्थानीय तहले कुनै सहयोग नगरेपनि प्रहरीले जनताको सेवा गर्ने हो । हामीले हिँडेर पनि जाडोको समयमा गस्ती गर्न सजिलो भएको छ’ प्रहरी नायब उपरीक्षक मल्लले भने,‘गाडी नपुग्ने ठाउँमा पनि गस्ती गर्न सजिलो भएको छ । गाउँमा प्रहरी पुगेपछि अर्घाखाँचीका स्थानीय बासिन्दा खुसी भएका छन् ।’

ताजा खबर

सम्बन्धित खबर