काठमाडौं : ‘हेल्थ याद आयो’ नामक नीजि क्षेत्रले मंगलबार आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । घरमै बसेर ल्याब टेष्ट गराउने सुविधा, औषधि डेलिभरी, डाक्टर परामर्श, अन्तर्राष्ट्रिय मेडिकल टुरिज्म र भर्चुअल स्वास्थ्य परामर्श जस्ता सेवाहरू उपलब्ध गराउँदै संस्थाले स्वास्थ्य सेवा पहुँचमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । ६ सय भन्दा बढी डाक्टरहरू, १ सय भन्दा बढी ल्याब, क्लिनिक र फार्मेसीहरू जस्ता विशाल नेटवर्कसहित ‘हेल्थ याद आयो’ले छिटो र भरपर्दो स्वास्थ्य सेवा सुनिश्चित गर्दै आएको छ ।
साथै, संस्थाले भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, दक्षिण कोरिया र टर्की जस्ता ७ देशका अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त चिकित्सकहरूसँग घरमै बसेर स्वास्थ्य परामर्शको सुविधा पनि प्रदान गर्दै आएको छ । एक वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको ‘हेल्थ याद आयो’का संस्थापक प्रबन्ध निर्देशक मोवाइल हेल्थ एपका परिकल्पनाकार प्रज्वल चुकेका अनुसार मोवाइलएपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवालगायत नेपालको प्रमुख १० प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ ।
प्रवन्ध निर्देशक चुकेका अनुसार वार्षिकोत्सवको अवसरमा संस्थाले विभिन्न अस्पताल, ल्याब, क्लिनिक, डाक्टर, एयरलाइन्स र डिजिटल वालेट पार्टनरहरूसँगको सहकार्यमा २४ डिसेम्बर २०२४ देखि ३१ जनवरी २०२५ सम्मका लागि विशेष छुटहरू दिने घोषणा गरेको छ ।
यस्तै हाइड्राफेसियल उपचारमा ६० प्रतिशत, हेल्थ प्याकेजहरूमा ५० प्रतिशत छुट दिने घोषणा गर्नुका साथै घरमै निःशुल्क रगतको नमूना संकलनको सुविधा, डाक्टरहरुसंग निःशुल्क परामर्श र निःशुल्क दुर्घटना मेडिकल बीमा सुविधा पनि उपलब्ध गराउने भनिएको छ भने निःशुल्क आँखा जाँच, ल्याब परीक्षणहरूमा ३० प्रतिशतसम्म छुट, चयन गरिएका टेलिमेडिसिन डाक्टर परामर्शमा ५० प्रतिशतसम्म छुट, ओपिडी डाक्टर र औषधिमा छुट, ई–सेवा केयर (दुर्घटना मेडिकल बीमा) किन्दा ४० रुपैयाँसम्म छुट र यति एयरलाइन्समा टिकट खरीद गर्दा ५ सय रुपैयाँसम्म छुट दिने समेत घोषणा गरेको छ । यो अवधिमा स्वास्थ्य सेवा बुक गर्ने ग्राहकहरूका लागि ‘लक्की ड्र’को माध्यमबाट उत्कृष्ट पुरस्कारहरू पनि व्यवस्था गरेको छ ।
जसमा एक भाग्यशाली जोडीका लागि २८ हजार बराबरको निःशुल्क हिमाल अवलोकन उडान, एक भाग्यशाली विजेताका लागि ३६ हजार रुपैयाँ बराबरको निःशुल्क पारिवारिक स्वास्थ्य प्याकेज (बुबा, आमा र एक बच्चाका लागि), एक वर्षभित्र एक समर्पित चिकित्सकसँग दुई जनाका लागि १० निःशुल्क टेलिकन्सल्टेसनहरू उपलब्ध गराइनेछ ।
१० भाग्यशाली विजेताहरूका लागि उपहार प्याकेजहरू तथा संस्थाको स्वास्थ्य सेवा पहुँचयोग्य र किफायती बनाउने प्रतिबद्धता पनि गरेको छ ।
विशाल नेटवर्क र अन्तर्राष्ट्रिय पहुँचसहित, आयोले आफ्नो ग्राहकहरूलाई नवप्रवर्तनात्मक, भरपर्दो र किफायती स्वास्थ्य सेवा तथा स्वास्थ्य समस्याको समाधानहरू प्रदान गर्न निरन्तर काम गरिरहेको छ ।